नाट्टाकाे काेषाध्यक्षमा थपलियाकाे उम्मेदवारी घाेषणा

  २०७६ पुष २८ गते १८:४८     विकासन्युज

काठमाडाैं । नेपाल एसोसीएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) काे चुनावका लागि कुमारमणि थपलियाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रिसियस ट्राभल्स एण्ड टुरका संचालक थपलियाले अच्युत गुरागाईको समूहबाट कोषाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

एक दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा काम गरिसकेका उनी एक सफल पर्यटन व्यवसायीसमेत हुन् । कोषाध्यक्षका प्रत्यासी थपलिया वाणिज्यमा स्नातकोत्तर हुन् । पर्यटन विकासका लागि पर्यटन व्यवसायीलाई एकसाथ लिएर अगाढि बढ्ने उनको भनाइ छ ।

देशका जीवित सम्पदाका रुपमा रहेका चाडपर्वहरुलाई आधुनिक पर्यटनसँग जोडेर पर्यटनलाई नयाँ आयाम दिने उनले बताए । युवा जोश र जाँगरले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्नेमा आम ट्राभल तथा टुर अपरेटरहरु ढुक्क हुने उनको भनाइ छ ।

नेपाल गौरीशंकर लायन्स क्लबका पुर्व अध्यक्ष समेत रहेका उनी नेपाल परिवार नियोजन संघको पनि आजीवन सदस्य हुन् । नाट्टाकाे चुनाव माघ ३ गते हुँदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.