नेपाल इन्भेष्टमेण्ट बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १४ अर्ब नाघ्यो

  २०७६ पुष २८ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ३३औँ वार्षिक साधारणसभाले शेयरधनीलाई १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

१०.५ प्रतिशत बोनससहित बैंकको चुक्ता पुँजी १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकले आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । त्यसैगरी, बैंकको खुदनाफा ३ अर्ब ३२ करोड पुगेको छ । बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा अनुपात २.७८ प्रतिशत रहेको छ ।

बैंकले हाल ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.