१५ जिल्लामा निःशुल्क सीप तालिमकाे आवेदन खुल्याे, ११ सय जनाको माग

  २०७६ पुष २८ गते १३:५०     विकासन्युज

काठमाडौं । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले ७ वटा विषयमा देश भरिका जिल्लामा काम संचालन हुने भएको छ । देशभरिका १५ वटा जिल्लाको २६ ठाँउबाट प्रदान हुने सो तालिम ११ सयजनालाई प्रदान गर्ने केन्द्र भैंसेपाटीले जनाएको हो ।

मोबाइल फोन मर्मत, मेशिन, प्लम्बर, वेटर/वेट्रस, कार्पेन्टर, हाउस किपिङ्ग, कुकको तालिम व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले आगामी माघ २० गतेदेखि शुरु गर्दैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको उक्त प्रतिष्ठानले ३ सय ९० घण्टा तालिम अवधि छुट्याएको छ ।

उक्त तालिमका लागि न्यूनतम ५ कक्षादेखि ८ कक्षासम्म अध्ययन गरेका १८ वर्षदेखि ३० वर्षसम्मको व्यक्तिले आवेदन दिनसक्ने व्यवस्था रहेको छ ।

यस तालिमका लागि काठमाडौं, भक्तपुर, ललितपुर, झापा, रुपन्देही, सुर्खेत, दाङ, बारा, उदयपुर, बाँके, चितवन, सर्लाही, सुनसरी, कास्की, कैलाली जिल्लाका विभिन्न ठाँउमा तालिम दिने भएको छ ।

तालिम दिने सम्बन्धित गाउँपालिका, नगरपालिका र महानगर एवं उपमहानगरपालिकाको वडा कार्यालयमा प्रशिक्षार्थी फारम, नेपाली नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि माघ १३ गतेसम्म पेश गर्नु पर्नेछ ।

रोजगार तथा स्वरोजगारमा उद्यम गर्ने लक्ष्यका साथ उक्त तालिम प्रदान गर्न लागेको हो । जुन एक ग्रुपमा १५ देखि २० जना प्रशिक्षार्थी राख्ने तालिम प्रतिष्ठानले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.