वैदेशिक रोजगार सम्बन्धि ठगीको मुद्दा अब प्रहरी कार्यालयमा उजुरी दिन पाइने

  २०७६ पुष २७ गते २२:०८     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको हो ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीवीच समझदारी गरेको जानकारी दिएको छ ।

वैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौतापत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका तथा आफ्ना क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने भएको छ ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याउने छ ।

मानव वेचविखन सम्वन्धी मुद्दाका विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ।

श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहनेछ ।

यस क्षेत्रमा नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ।

आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.