सेलपे सेवाको कारोबार सीमा थप, मासिक पाँच लाख रुपैयाँ

  २०७६ पुष २७ गते १८:३८     विकासन्युज

काठमाडौं । सेलपे सेवाले आफ्नो मासिक काराबारको सीमा रकम थपेको छ । बैंकलले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आफ्नो कारोवारको सीमा रकम अधावधिक गरेको हो ।

यससँगै ग्राहकले सेलपेबाट पीटूपी रकम स्थानान्तरण गर्दा मासिक ५ लाख रुपैयाँसम्म गर्न सक्नेछन् । त्यस्तै, नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम ग्राहकले एक पटकमा २५ हजार र दैनिक १ लाख रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.