आशा लघुवित्तले बारामा दियो तीन दिने निःशुल्क सीपमूलक तालिम

  २०७६ पुष २७ गते १४:१६     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले बाराको आदर्श कोटवालमा तीन दिने सीपमूलक तालिम संचालन गरी सम्पन्न गरेको छ । संस्थो पुस २३, २४ र २५ गते संस्थाले शाखा कार्यालय आदर्श कोटवाल बारामाआबद्ध सदस्यहरु मध्ये ११० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगाधुने झोल साबुन तथा सर्फ बनाउने तालिम दिएको हो ।

तालिम कार्यक्रमलाई उद्घाटन गर्दै आदर्श कोटवाल गाउँपालिकाका प्रमुख मोहम्मद मुस्तफा अन्सारीले यस्ता कार्यक्रमले महिलाहरुलाई उद्यमशील बन्न थप सहयोग पुग्ने बताएका छन् । साथै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका उपप्रमुख पुनम देबी साहले तालिम पश्चात महिलाहरुलाई लघु उद्यम गर्नका लागी थप सहयोग पुग्ने बताएका छन् ।

उक्त शाखाका प्रमुख प्रभु कुमार यादवले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा वृद्धीभई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरतातर्फ उन्मुखहुन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त तालिमबाट सहभागीहरुले कम लगतमा लुगा धुने झोल सर्फ तथासर्फ बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी लिएका छन् । हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै २ हजार एक सय ५५ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने बताएका छन् ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५२ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.