जसले जति पायाे त्यति खान हुन्छ ग्रीन टी ? के हाे सही तरिका ?

  २०७६ पुष २७ गते १८:१९     विकासन्युज

काठमाडाैं । ग्रीन टी धेरै मानिसको लागि स्वस्थ जिवनशैलीको प्रतिज्ञा दिने पेय पदार्थ हो । यसमा धेरै मात्रामा ऐन्टीअक्सीडेण्ट हुने गर्दछ, जसले शरीरको कोषलाई क्षति हुनबाट बच्न मद्दत गर्दछ ।

ग्रीन टीले शरीरको बोसोलाई पगाल्ने, सास गन्हाउनलाई कम गर्न, मुटुरोगबाट बचाउने, शरीरको विषाक्त हटाउने, पाचनशक्ति राम्रो बनाउने र ढल्कदो उमेरले बाहिरी रुपमा पार्न प्रभावलाई कम गर्न मद्दत गर्दछ । साथै शुद्ध अर्गानिक ग्रिन टीको ‘डिटोक्सीफाइङ इफेक्ट’ ले छाला चम्काउनुको साथै रोग प्रतिरोध गर्ने क्षमतालाई पनि बढाउँछ।

तर, ग्रीटीले माथि उल्लेखित फाईदा गर्छ भन्दैमा जति पायाे त्यति खानु उपयुक्त होला ? स्वास्थ्य विज्ञहरुका अनुसार यस्तो गर्नु स्वस्थकर हुँदैन ।

प्रस्तुत छ ग्रीन टी कसरी खाने भन्ने विषयमा आहार विशेषज्ञ मिनाकुमारी शाहसँग कुरा गरेर तयार पारिएको हेल्थ टिप्स :

दिनमा दुईदेखि ३ कप

ग्रीन टीमा उच्च मात्रामा एन्टिअक्सिीडेण्ट र यसमा प्राकृतिक बोटबिरुवामा आधारित टानिन र फेल्भोनोईड जस्ता तत्व पाईन्छ । यसको अधिक सेवन विष बराबर हुनसक्छ वा यसले कलेजोलाई क्षति पुराउन सक्छ । यस्तै, यसले पत्थरी हुने सम्भावना पनि बढाएर जान्छ ।

त्यसैले दिनमा कहिले पनि दुईदेखि तीन कपभन्दा बढि ग्रीन टीको सेवन नगर्नुहोस् ।

खाली पेटमा नखानुहोस्

तपाईको दिनको सुरुवात क्याफिनबाट गर्दा तपाईलाई बढि तागत प्राप्त हुन्छ । तर, यसले तपाईको पेटको सन्तुलन बिगार्न सक्छ । त्यसैले ग्रीन टीको सट्टा दिनको सुरुवात मनतातो पानी, कागती र मह अथवा फलफूलको साथ सुरु गर्नुहोस् ।

खानापछि तुरुन्तै पनि नखानुहोस्

धेरै मानिसहरु खाना लगतै ग्रीन टी पिउने गर्छन् । तर, यसो गर्नाले यसले शरीरको पौष्टिक अवशोषण क्षमता रोक्न सक्छ । यसको मतलब तपाईले खाएको खानेकुराको पोषण ग्रीन टीमा भएको क्याफिन र टानिनले अवरोध सिर्जना गरी राम्रोसँग समाहित हुँन दिँदैन ।

साथै, यसले ग्यास्ट्रिक रसलाई पनि पातलो पार्न सक्छ, जसले पाचन प्रणाली बिगार्न सक्छ । त्यसैले खानाको ४० देखि ४५ मिनेट अघि वा पछि मात्र ग्रीन टी पिउन उत्तम हुन्छ ।

राति नपिउनुहोस्

राति अबेला ग्रीन टी नखानुहोस्, किनभने यसले तपाईको निन्दाउने समय बिगार्नको साथै तनाव बढाउन सक्छ ।

ग्रीन टी ब्याग पुनः प्रयोग नगर्नुहोस्

पहिले प्रयोग गरेको ग्रीन टी ब्यागमा धेरै मात्रामा क्याफिन हुने गर्दछ, जसले नियमअनुसार ग्रीन टी ब्यागभन्दा ग्रीन टीको पात प्रयोग गर्न सबैभन्दा उत्तम मानिन्छ ।

साधा पानी धेरै पिउनुहोस्

ग्रीन टी एक मुत्रवर्धक पनि हो, जसले लगातार पिसाब लाग्ने गराउन सक्छ । त्यसैले तपाईले आफ्नो शरीरमा पानीको कमि हुन नदिनलाई पानीको सेवन गरिरहनुहोस् ।

कम रक्तचाप भएको व्यक्तिले नखाने

कम रक्तचाप भएको व्यक्तिले कहिले पनि ग्रीन टी खानुहुदैन । यसले शरीरको ईनर्जीलाई चाढै पगाल्ने र शरीरमा तागत कम हुने हुनाले रक्तचाप कम भएको व्यक्तिले कहिले पनि ग्रीन टीको सेवन गर्नुहुदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.