हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा पाण्डे, सञ्चालकमा ८ जना नियुक्त

  २०७६ पुष २७ गते १२:१२     विकासन्युज

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा हरिप्रसाद पाण्डे नियुक्त भएका छन् । पुस २५ गते बसेको सञ्चालक समितिको ७८औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

सो दिन बसेको कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पछि बसेको बैठकले अध्यक्ष सहित ९ जनाको नयाँ सञ्चालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक समूहको तर्फबाट एक अध्यक्ष र ६ जना सञ्चालक नियुक्त भएका छन् भने सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् ।

संस्थापक समूहको तर्फबाट प्रा.डा. भीम प्रसाद न्यौपाने, सरोज कुमार उपाध्याय, पशुपति चौलागाई, रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक र श्रीराम पाण्डे सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, कपिल आचार्य र प्रमिला चौहान बस्नेत सर्वसाधारण समूहतर्फबाट नियुक्त भएका छन् ।

नवनियुक्त अध्यक्ष पाण्डेले धेरै उद्योगहरू स्थापना गरिसेकेका छन् । उनले हालसम्म माछापुच्छ्रे मेटल एण्ड मशिनरी वर्क्स(पी) लिमिटेड, पोखरा फूड्स (पी. लि), सगरमाथा ईन्जिनियरिङ वर्क्स (पी) लि., पोखरा मेशिन टूल्स इंडस्ट्रीज (पी) लिमिटेड, पोखरा नूडल्स (पी.) लिमिटेड र रम्बा सामान्य खाद्य उद्योग (पी) लि. उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् ।

उनी टाक्स हाइड्रोपावर कम्पनीका पूर्व निर्देशक र सिभिल हाइड्रोपावर कम्पनीका पूर्व कार्यकारी अध्यक्ष पनि हुन्। पाण्डेले नयाँ उद्योग स्थापना गर्ने, उनीहरूलाई संवोधन गर्ने र उनीहरूसँग सफलतापूर्वक सञ्चालन गर्ने लामो अनुभव रहेको छ। साथै, उनीसँग मेकानिकल ईन्जिनियरिङ, सिभिल इन्जीनियरिङ, शैक्षिक संस्थानहरू, खाद्य उद्योग, जलविद्युत र वित्तीय संस्थानहरुको पनि अनुभव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.