सबैकाे साथ पाए ४ वर्षमा पुनर्बीमाको वासलात ५० हजार मिलियनको बनाउन सकिन्छ-शंकर रायमाझी

  २०७६ पुष २७ गते ११:०९     विकासन्युज

पुँजीको आधारमा नेपाल पुर्नबीमा कम्पनी बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीमा अरु धेरै बीमा कम्पनीको पनि लगानी भएकोले अप्रत्यक्ष रुपमा सर्वसाधारणको लगानी छ । कम्पनीले फेरी १ अर्ब ६० करोड रुपैयाँ बराबरको साधारणस सेयर निष्काशन गर्दैछ । यति ठूलो कम्पनी भएपनि यसको चुनौति झन धेरै छ । पुर्नबीमा व्यवसाय गर्ने नेपाली एउटा कम्पनी मात्र भए पनि यसले अन्तराष्ट्रिय बजारमा प्रतिस्प्रर्धा गर्नुपर्छ । यति महत्वपूर्ण कम्पनीमा सरकारले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शंकर कुमार रायमाझीलाई नियुक्त गरेको छ । उहाँ बीमा क्षेत्रका अनुभवी व्यक्ति होइन तर उहाँले सबैको साथ पाएमा चार वर्षमा यस कम्पनीको वासलात ४० देखि ५० हजार मिलियन बनाउने बताउनु भएको छ । प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस  ।

आगामी चार वर्षमा नेपाल पुर्नबीमा कम्पनीलाई कुन लेवलमा पुर्याउनु हुन्छ ?

नेपाल पुर्नबीमा कम्पनीको सीईओ छनोट प्रक्रियामा भाग लिने क्रममा व्यवसायिक योजना पेस गरेको छु । त्यसमा यस कम्पनीको फाइनान्सियल इण्डिकेटरलाई सुधार गर्ने उल्लेख छ । यो चार वर्षको अवधिमा कुन वर्ष कति फाइनान्सिलय इण्डिकेटरको सुधार गर्ने भन्ने छ । यस कम्पनीले गत आर्थिक वर्षमा १ करोड १७ लाख नाफा गरेको छ । त्यसको आधारमा मैले हरेक वर्ष २५/२६ प्रतिशतका दरले नाफा वृद्धि गर्छु भनेको छु । असार मसान्तमा २० हजार ३ सय ४७ मिलियन हाम्रो वासलातको आकार रहेको थियो । चौथो वर्षमा जाँदा त्यसलाई २५ हजार मिलियन प्लसको वासलातको आकार पुर्याउने भन्ने मेरो योजना छ । अहिले कम्पनीको ३२ वटा राष्ट्रमा यसको नेटवर्क छ । ३२ वटै राष्ट्रबाट यसले विजनेस प्राप्त गरिरहेको छ । आगामी चार वर्षको अवधिमा सिंगापुर, लण्डन र भारतमा शाखाहरु खोल्ने सोच बनाएका छौं ।

नेपालका जीवन कम्पनीहरु १९ र निर्जीवन कप्पनीहरु २० वटा रहेका छन् । उनीहरुले कम्तिमा २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा गर्नु पर्ने भन्ने नियम छ । त्यसको पालना भए नभएको हामीले हेर्नुपर्छ । २० प्रतिशतलाई बढाएर कसरी ३० वा ४० प्रतिशत बनाउने भन्ने हाम्रो प्रयास हुन्छ ।
बीमा व्यापार एक आपसामा अन्र्तनिहित छ । हामीलाई सबैभन्दा ठूलो चुनौति भनेका संसारका जुनसुकै पुर्नबीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नु हो । हाम्रो वित्तीय अवस्था राम्रो हुनुपर्छ । राम्रो ख्याती पनि राम्रो हुनुपर्छ । हामीले अन्तराष्ट्रिय स्तरमा विश्वास जित्नुपर्छ । हामीले अन्तर्राष्ट्रिय कम्तीमा ‘ए’ रेटिङ पायौं भने त्यसले हामीलाई व्यापार गर्न सहयोग गर्छ । रेटिङमा त्रिपल ‘ए’ पायौ भने झन् सजिलो हुन्छ । विदेशबाट हामीलाई विजनेश ल्याउन सजिलो हुन्छ । त्यसको असर नेपालको जीडीपीमा नै सकारात्मक हुन्छ । हाल बीमा क्षेत्रले २.४५ प्रतिशत योगदान गरेको हामीले यसलाई ३ प्रतिशतसम्म पुर्याउने सकिन्छ । विदेशबाट जति धेरै विजनेश ल्याउन सक्यौ त्यति धेरै बैदेशिक व्यापार सन्तुलन कायम गर्न सजिलो हुन्छ ।

तपाईले आफ्नो कार्यकालमा २५ हजार मिलियनको वासलात तयार पार्छु भन्नुभयो, यसमा विदेशी मुद्राको हिस्सा कति रहन्छ ?
यसका लागि हामी विदेशमा गएर कति माकेर्टिङ गर्न सक्छौं भन्ने कुरामा भर पर्छ । अन्तर्राष्ट्रिय स्ट्याण्डर्डको रेटिङले त्यसलाई फाईनलाईज गर्छ । अहिले नै यति हुन्छ भनेर भन्न गाह्रो छ । हामीलाई नेपाल सरकारका निकायहरु, बीमा समिति, बीमा कम्पनीहरुले गर्ने सहयोगले पनि हामी विदेशी बजारमा कति जान सक्छौं भन्नेमा भर पर्छ । ३९ वटै कम्पनीले कम्तिमा २० प्रतिशत विजनेश हामीलाई दिए भने २५ अर्बको वासलात बनाउन गाह्रो छ । अहिले नै ६÷७ वटा जीबन बीमा कम्पनीहरुले १०० प्रतिशत पुर्नबीमा हामीलाई दिएका छन् । भविष्यमा सबै जीवन बीमा कम्पनीले नेपाल पुर्नबीमा कम्पनीलाई सत प्रतिशत विजनेश दिएभने २५ हजार होइन ५० हजार मिलियनको वासलात बनाउन सकिन्छ ।

तपाइलाई सतप्रतिशत बीमा दिने कम्पनीहरु कुन कुन हुन ?
राष्ट्रिय बीमा संस्थान, सन लाइफ नेपाल, सूर्य लाइफ इन्सुरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ, गुँरास लाइफ र सानिमा लाइफले हामीलाई सत प्रतिशत पुर्नबीमा दिईरहेका छन् । अर्को सिटिजन लाइफ प्रक्रियामा छ ।

कुनै कम्पनीले सरकारी निर्देशनलाई वाध्यताको रुपमा स्वीकार गरेर २० प्रतिशत मात्र पुर्नबीमा दिने, कुनैले सय प्रतिशत नै दिने अवस्था कसरी आयो ?

विदेशी पुर्नबीमा कम्पनीहरूसँग काम गर्नुभन्दा आफ्नै देशको पुर्नबीमा कम्पनीसँग काम गर्न सजिलो हुन्छ । यसमा आफ्नोपन पनि छ । त्यसकारणले केही कम्पनीले सतप्रतिशत पनि दिएका छन् । सतप्रतिशत दिने कुरा भर्खरै शुरु भएको हो । पुर्नबीमा कम्पनीको क्षमता विकास हुँदै जाँदा अरु कम्पनीले पनि सत प्रतिशत पुुर्नबीमा नेपालमा गराउन सक्छन् ।

सरकारले पनि २० प्रतिशत दिनु भनेर पुर्नबीमा कम्पनी स्थापना भएकै दिनदेखि भनेको होइन । नेपाल पुर्नबीमा कम्पनीले आफ्नो क्षमता विकास गर्दै गएपछि २० प्रतिशत अनिवार्य गरेको हो । निर्जीवन बीमा कम्पनीहरुले ३० प्रतिशत सम्मको पुर्नबीमा नेपाल मै गर्न सकिन्छ भनेर बीमा समितिले भनेको छ । पुर्नबीमा कम्पनीको आफ्नै क्षमता पनि विकास हुनुपर्छ । अहिले हाम्रो ८ अर्ब ४० करोडको पुँजी हो । एक अर्ब ६० करोडको साधारण सेयर निष्काशन गरेर पुँजी १० अर्ब रुपैयाँ बनाउँदैछौं । हामीसँग अन्तर्राष्ट्रिय स्तरको जनशक्ति छैन । अन्तर्राष्ट्रिय स्तरको प्रविधि छैन । यी सबै कारणले गर्दा विजेनेश दिँदा यिनीहरुले विजनेस अनुसारको पर्फमेन्स दिन सक्दैन भन्ने लागेर पनि नदिएको हुन सक्छ । उनीहरुले विजनेश दिँदा त्यही अनुसारको क्यापाविलिटी हामीले बनाउनु पर्यो ।

पुर्नबीमा आफैमा जोखिम वहन गर्ने व्यवसाय हो । जोखिम विश्लेषण गर्ने र न्यूनिकरण गर्ने क्षमता पुर्नबीमा कम्पनीसँग कति छ ?

त्यसका लागि जनशक्ति विकासमा हामीले जोड दिनुपर्छ । मानव पुँजीलाई समयसापक्षे परिवर्तन गर्दै जानुपर्छ । म आएपछि मात्र यस कम्पनीमा रिसर्च एण्ड डेभलपमेन्ट सेल गठन गरेको छु । हामी कसरी रिभिन्यु रिसिभ गरिरहेका छौं ? त्यसको प्याटर्न के छ ? हाम्रो विजेनस सुधार गर्नुपर्ने केछ, विजनेश विस्तारको सम्भावना कहाँ छ ? कहाँ कति जोखिम छ ? यी र अन्य धेरै विषयमा यो सेलले अनुसन्धान गर्छ । जोखिमका आधारमा बीमा शुल्क तह हुन्छ । बढी जोखिम हुँदा प्रिमियम पनि बढी हुन्छ । कम जोखिम हुँदा प्रिमियम पनि कम हुन्छ ।

पुर्नबीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकको सेवा व्यवसाय हो । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्नको लागि हामीसँग स्रोतसाधन र सामाथ्र्य कति छ ?
हाम्रो बीमाको इतिहास छोटो छ । पहिलो बीमा कम्पनी स्थापना भएको ७२ वर्ष भयो । आर्थिक उदारिकरणपछि बल्ल नेपालमा बीमा कम्पनीहरु खुल्न थाले । बैदेशिक रोजगारीमा जानेको म्यादी बीमा समेत गणना गर्दा अहिले २६ प्रतिशत बीमाको पुहँच पुगेको भन्ने बीमा समितिको दावी छ । बीमा क्षेत्रमा लामो अनुभव भएका दक्ष जनशक्तिको पनि बजारमा कमी नै छ । पुर्नबीमा कम्पनी छैटौं वर्षमा प्रवेश गरेको छ । हामी नयाँ हौं । यो कम्पनीको संस्थागत अनुभव कम छ । यस कम्पनीलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन र उनीहरुकै स्ट्याण्डर्डको बनाउन चार पाँच कुरामा ध्यान दिनुपर्छ । भौतिक संरचनाहरु निर्माण गर्नुछ । आफ्नै भवन बनाउनुपर्छ । अन्तर्राष्ट्रिय रिकोग्नाईज सफ्टवेयर हुनु आवश्यक छ । कम्पनी सञ्चालन गर्नको लागि अन्तराष्ट्रिय स्तरको नीति नियम हुनुपर्छ । त्यस्तै, हामीसँग अन्तराष्ट्रिय बजार बुझ्ने, प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उपलब्धता हुनुपर्छ । जुन देशमा शाखा खोल्यो त्यहाँको विजनेश बुझेको मान्छे पनि आवश्यक पर्छ । जनशक्ति नियुक्ती लोकसेवा मार्फत नै गर्नुपर्छ । हामीलाई आवश्यक दक्ष जनशक्ति करारमा लिनु पर्ने देखिन्छ । त्यस्तै, हामीलाई मिडिल इष्टमा काम गर्नेको लागि त्यहि बजार बुझेको, त्यहाँको बजारमा राम्रो सम्बन्ध भएको व्यक्ति चाहिन्छ । त्यस्तो व्यक्ति लोकसेवा पास गरेर आउन सक्दैन ।

तपाईको कार्यकालमा कतिवटा देशमा सम्पर्क कार्यालय खोल्ने सोच बनाउनु भएको छ ?

कम्पनीको अगाडिका कार्यक्रमहरू हेर्दाखेरि विदेशमा पनि शाखाहरु खोल्नु पर्ने हुन सक्छ भन्ने रहेको छ । सिंगापुर, लण्डन र भारतमा शाखा खोल्नुपर्छ भन्ने कुरा भइरहेको छ । अब मेरो कार्यकालमा पनि घटिमा एक बढीमा तीन ठाउँमा शाखाहरू खोल्ने कार्यक्रम राखेका छौं । त्यो खोल्नुभन्दा पहिले हामी अहिले जुन ठाउँमा छौं त्यो अनुसारको क्षमता र तयारी बनाइसक्नु पर्छ भन्ने रहेको छ ।

नेपाल पुर्नबीमा कम्पनीको रेटिङ कसरी गर्नु हुन्छ जवकी नेपालको कन्ट्री रेटिङ नै भएको छैन ?

कन्ट्रीको रेटिङ यसै वर्ष अर्थात २०२० मा हुन्छ । यसको लागि सबै प्रक्रिया भइसकेका छन् । कन्ट्रीको रेटिङ भइसकेपछि हामी एउटा पोजिसनमा आउँछौं । हाम्रो कम्पनीको रेटिङमा हर्ने हो भने पुजीँको हिसावले हामीसँग एक किसिमको बन्दोवस्त छ । आइपिओमा नगई रेटिङ गर्न नपाउने हुनाले हामी अब आईपीओमा पनि जाँदैछौं । १ अर्ब ६० करोडको आइपीओ हामी निकाल्दै छौं । एउटा इण्डिकेटर त्यो पनि हुन्छ । हामीसँग रहेको अन्तर्राष्ट्रिय रिकोग्नाइज सर्टिफिकेट छ कि छैन भन्ने पनि अर्को इण्डिकेटर हो । हामीले गर्ने विजनेसको क्वालिटी कस्तो छ त्यसले पनि रेटिङ गर्ने हो । यसमा जनशक्तिको कुरा पनि आउँछ । त्यही आधारमा रेटिङ तय हुन्छ । यी कुरामा हामी ध्यान दिन्छौं ।

आईपीओ निष्काशन गर्ने प्रक्रिया कहाँसम्म पुग्यो ?

आइपीओ मर्चेन्टसँग हाम्रो सम्झौता भएको छ । हामी रोकिएको पुँजीको प्रशंगमा अदालतमा एउटा मुद्दा परेर हो । त्यसको फैसला भइसकेको छ । अब आइपीओ निष्काशन हुन्छ । आइपीओका लागि बी रेटिङ आइसकेको छ । बी रेटिङ आइपीओका लागि ठीकै हो ।

तपाईले बाहिरबाट देखेको नेपाल पुर्नबीमा कम्पनी र सीईओ भएर भित्र आइसकेपछिको कम्पनीमा के फरक पाउनु भयो ?

बाहिरबाट हेर्दा हाम्रो ३९ वटा कम्पनीहरु छन् । हिजो विजनेस प्लान बनाउँदाखेरि जुन प्रकारको मैले पाएँ त्यही अनुसार मैले विजनेस प्लान बनाएको हुँ । जे मेरो अनुमान थियो, त्यो भन्दा तलमााथि चाहिँ छ । मरो परसेप्सन हाई र कम्पनीको रियालीटि फिगर अफ फ्याक्टचाहिँ मेरो परसेप्सनभन्दा अलि तल्लो तहको मैले पाएँ ।

त्यो फरक कुन हिसावमा पाउनुभयो ?

कतिपय कुराहरु फाइनानसियल इण्डिकेटरमा पनि रहेको छ । कतिपय कुराहरु आन्तरिक व्यवस्थापनमा पनि रहेका छन् । .खासगरि हाम्रो विजनेस भनेको सबै ३९ वटा कम्पनीहरुसँग रहन्छ । उहाँहरुसँग हामीले गर्ने विजनेसको तौर–तरिका अलि पुर्नविचार गरेर अगाडि बढ्नु पर्ने अवस्था छ ।

पुर्नबीमा कम्पनीको डेडिकेटेड लगानीकर्ता सरकार हो, साना बीमा कम्पनीहरु सरकारको व्यवहारसँग बेला–बखत असन्तुष्ट हुन्छन्, पुर्नबीमा कम्पनीको सीइओ भएको हैसियतले यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

म भर्खरै सीइओको रुपमा आएको छु । उनीहरुका विजेनेसको मुख्य मुद्दाहरु केके हुन् भन्ने विषयमा मैले एकिन गर्न पाएको छैन । त्यो थाहा पाएपछि विकल्प भन्ने कुरा हो । त्यहाँ फाइनान्सियल कारण वा उहाँहरुको कम्पनीले प्राप्त गर्नु पर्ने नाफाका कुराहरु कतै समस्या वा अफ्ठ्यारो हुने खालको केही स्वार्थका कारण त्यो भएको हुनुपर्छ । अन्यथा त्यो हुनु नपर्ने हो । हामीले सरकारले दिएको निर्देशन, बीमा समितिले दिएको निर्देशन वा नेपाल पुर्नबीमा कम्पनीले बनाएको प्रावधान छ त्यही अनुसार हामी अगाडि बढ्नुपर्छ ।

तपाई गैर–बीमा क्षेत्रको व्यक्ति हुनुहुन्छ । त्यसैले तपाईको क्षमतामाथि धेरैले शंका गरेका छन् नि ?

शंका र प्रश्न गर्न पाईन्छ । बैंकिङ र अन्य क्षेत्रमा मेरो ३०÷३५ वर्षको अनुभव छ । सबै काम सीइओले गर्ने होइन । अथवा कुनै काम सीइओले नगर्ने भन्ने पनि होइन । यो एउटा जिम्मेवारी हो । मैले प्रशासनिक कम्पनीको कार्य निर्देशित गर्ने हो । यसमा म भन्दा माथि सञ्चालक समिति छ । सरकार छ । विभिन्न निकायहरु छन् । मातहतमा रहेका कर्मचारी साथीहरु छन् । बीमा कम्पनीका पूर्व सीइओहरु सल्लाहकारका रुपमा हुनुहुन्छ । कुनै त्यस्ता खालका समस्याहरू आएपनि अन्य बीमा कमपनीहरुबाट पनि सल्लाह सुझावहरु लिन सकिन्छ । हामी कहाँ धेरै समितिहरु छन् । त्यहाँ बीमा क्षेत्रका विज्ञ र अनुभवि मानिसहरु हुनुहुन्छ । हामीसँग टिम छ । एउटै मान्छे सर्वज्ञानी सर्वगुणी हुन सक्दैन । टिमको साथले सबै काम गर्न सकिन्छ । त्यसैले म मेरो विजनेस गर्न सक्छु ।

अन्तिममा समग्र बीमाको कुरा गरौं । अहिले धेरै मानिसहरु बीमा अनविज्ञ छन् । उनीहरुलाई बीमाको पहुँचमा ल्याउन सरकारले उल्लेखनिय कार्य गरेको देखिदैँन, यस्तो किन भयो ?

अहिले हामी संघीय संरचनामा छौं । बीमा सम्बन्धि संघीय ऐन बन्दैछ । संघीय बीमा ऐन नआएको कारण पनि कतिपय कुरा रोकिएका होलान् । बीमा सम्बन्धि क्षेत्राधिकार दुई ठाउँमा दिएको छ । एउटा संघमा र अर्को प्रदेशमा छ । बीमा ऐन आइसकेपछि प्रदेशले पनि लाइसेन्स दिएर बीमा कम्पनी खोल्न पाउने व्यवस्था हुन्छ । यसले बीमा पहुँच पनि बढ्छ । अर्को कुरा विद्यालय तहबाटै बीमाको अध्यापन शुरु गर्न आवश्यक छ । यसले मानिसहरु सानैदेखि बीमा सम्बन्धि जानकार हुन्छन्, रूचि राख्छन् । बीमामा छिर्ने मानिसको संख्या पनि बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.