नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा प्रकाश पाण्डे निर्वाचित

  २०७६ पुष २६ गते २३:००     विकासन्युज

काठमाडाैं ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे नियुक्त भएका छन् । संघको १४ औं वार्षिक साधारण सभाबाट पाण्डेलाई अध्यक्षमा नियुक्त गरिएको हो । सर्वसहमतिबाट पाण्डे अध्यक्षमा चयन भएकाे जनाइएकाे छ ।सहमति भए अनुसार प्रथम उपाध्यक्षमा राजेन्द्र रिजालद्वितिय उपाध्यक्षमा देवीदास भट्टराईतृतिय उपाध्यक्षमा शेषराज भट्टराईको नाममा सहमति भएको हो 

सचिवमा बासुदेव दाहाल र एन्ड्रयु पौडेल तथा कोषाध्यक्षमा भरत रेग्मी  बिके श्रेष्ठलाई बनाउने सहमति भएको जनाएको छ । यधपी, अहिले सम्म भइसकेको छैन ।

त्यस्तै सदस्यहरुमा  सुस्मा आचार्य, रत्न रेग्मी,  कर्ण गुरुङ, पुष्यराज भट्टराई र भवनाथ हुमागाइको नाममा सहमति जुटेको छ ।

इक्यान अन्तर्गत ३८८ वटा संस्था छन् ।  पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ ।

शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.