७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत शुरु

  २०७६ पुष २६ गते १६:०४     विकासन्युज

काठमाडौं । जलविद्युत आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुपै्रले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य बिहानबाट थालिएको हो ।

प्रत्येक वर्ष एउटा युनिटको मर्मत गर्ने क्रममा यस वर्ष केन्द्रको दोस्रो युनिटको मर्मत कार्य शुरु गरिएको केन्द्र प्रमुख शिवकुमार शाहले बताए । ‘‘नेपाल विद्युत् प्राधिककरणबाट १८ दिनसम्म युनिट बन्द गर्ने अनुमति आएको छ तर सकेसम्म त्योभन्दा छिट्टै मर्मत कार्य गरिसक्नेछौं’’ केन्द्र प्रमुख शाहले भने ।

केन्द्रको दोस्रो युनिटको पानी बन्द गरी पहिलो युनिटमा पठाएको र सो युनिटबाट पूरै विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रनर फेर्ने, हेडकभर मर्मत, विद्युत् उपकरणहरुको जाँच तथा आवश्यक मर्मत, गाइडभेन फेर्ने, गाइटबुस फेर्नेलगायतका कार्य हुने भएको छ । तीन दिनसम्म टर्वाइन खोल्ने, टर्वाइनका पुर्जाहरु मात्रै खोल्न समय लाग्ने केन्द्र प्रमुख शाहको भनाइ छ ।

उनका अनुसार दैनिक २५/३० जनाले मर्मत कार्य गर्नेछन् । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमस्र्याङ्दीमा जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ । यस आयोजना ३५/३५ मेगावाटको गरी दुई वटा युनिटबाट ७० मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.