धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाद्वारा पदवहाली, सेयर बजार सुधारकाे काम अघि बढाउने

  २०७६ पुष २५ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना शुक्रबार पदवहाली गरेको छन् । पदवहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए ।

पुँजीबजारको विकासका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधार गर्दै बजारलाई गतिशील बनाउने उनले बताएका छन् । साथै, लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निर्णयको औपचारिक पत्र पाएपछि मात्र ढुंगानाले पद बहाली गरेका हुन् ।

ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.