सरकारी संस्थाका प्रमुखलाई राज्यमन्त्री दुगडकाे चेतावनी-‘कि संस्था नाफामा लानु कि राजीनामा दिनु’

  २०७६ पुष २५ गते १३:२२     राजाराम न्यौपाने

काठमाडौं । उद्योगीबाट प्रतिनिधित्व गरेर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीकाे हैसियतमा सिंहदरबार छिरेकाे  माेतिलाल दुगडले मन्त्रालय समाल्ने वित्तिकै घाटामा गएका सरकारी संस्थानलाई नाफामा लाने र नीजि क्षेत्रको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रतिवद्धता अनुसार आफूले काम शुरू गरेकाे राज्यमन्त्री दुगडले बताए ।

राज्यमन्त्री दुगडले संस्थानका प्रमुखलाई बोलाएर कसरी नाफामा लान सकिन्छ र के छ कार्ययोजना भनेर सोध्न थालेका छन् । उनले  हेटौडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दुग्ध विकास संस्थान, साल्ट्र ट्रेडिङ लगायतका संस्थानहरुका कार्यकारी प्रमुखहरूलाई बोलाएर संस्थानहरूकाे अवस्थाबारे जानकारी मागेका छन् ।

अब सबै संस्थानहरुसँग नाफा वा घाटाको विवरण हेर्ने र आवश्यक सुधारका प्रक्रियामा जाने उनले बताए । घाटामा रहेकाे संस्थानका प्रमुखहरूलाई कि संस्था नाफामा लानु, कि राजीनामा दिनु भन्ने सन्देश राज्यमन्त्री दुगडले  दिएकाे स्राेतले बतायाे । राजीनामा नदिनेलाई प्रक्रिया पूरा गरी हटाउने उनकाे साेच छ ।

घाटामा गएका संस्थानहरु सके नाफामा चलाउने नसके निजीकरण गर्ने निर्णय मन्त्रालयले लिने उनले बताए । नेपाल विद्युत प्राधिकरण, नेपाल आयल निगम, नेपाल टेलिकम लगायतका केही संस्थानहरु नाफामा छन् भने केही संस्थानहरू घाटामा चलिरहेका छन् । जम्मा ६५ संस्थानमध्ये अहिले ३६ वटा मात्र संचालनमा रहेका छन् ।

आन्तरिक समस्या, निजी क्षेत्रसँगको प्रतिस्पर्धामा कमी, नीतिको प्रभाव जस्ता कारणले धेरै संस्थानले प्रगति गर्न सकेका छैनन् । सरकारले संस्थानको निजीकरणको नीति लिएपछि ३० वटा सार्वजनिक सस्थान निजीकरण भए पनि त्यसबाट आशा गरेअनुसार प्रतिफल पाउन सकेका छैनन् ।

राज्यमन्त्री दुगडले आफू औद्योगिक क्षेत्रबाटै आएकाले व्यवसायीहरुको पिडा राम्रोसँग बुझेको र देशको आवश्यकतालाई समेत नजिकबाट नियालेकाले औद्योगिक क्षेत्रको समस्या र त्यसको समाधान कसरी गर्नुपर्छ भन्ने राम्ररी थाहा भएको भन्दै नेपालमा औद्योगिक क्रान्तिको जग आफूले खन्ने समेत बताए ।

उनले आफ्नो कार्यकालमा औद्योगिक क्षेत्रले उचाइ लिने बताए । उद्योग क्षेत्रले जुनसुकै हालतमा पनि परिर्वतन गर्ने छ । मन्त्रालयको ठूला, मझौला तथा साना सबै खाले उद्योगको स्वामित्व लिनेछ । मन्त्रालयले उद्योेग खोल्न स्वीकृति दिएको मन्त्रालयले ती उद्योग तथा व्यवसायको संरक्षणको जिम्मा पनि लिनेछ राज्य मन्त्री बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.