सुभाङ्गि एजुकेसनले विद्यार्थीको आवश्यकता बुझी योग्य व्यक्तिबाट सही परामर्श दिन्छ: किशोर तिवारी

  २०७६ पुष २५ गते १२:०६     विकासन्युज

काठमाडौं । विगत १४ वर्षदेखि शैक्षिक परामर्श सेवामा आवद्द किशोर तिवारी सन् २००९ यता काठमाडौंको बागबजारमा सुभाङ्गि एजुकेसनमार्फत विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका छन्। उनी हाल  जापान र फ्रान्सको लागि परामर्श सेवा दिदैं आएका छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरुको जापानप्रतिकाे रुची बढेको छ । यद्यपी, सही परार्मश नपाउँदा धेरै विद्यार्थीहरु जापान गएर विभिन्न खालका समस्यामा पनि पर्ने गरेका छन् । विद्यार्थीहरूले विदेश जानुअघि के कस्ता कुरामा ध्यान दिने ? विद्यार्थीका लागि जापान कस्ताे गन्तव्य हाे ? लगायत विषयमा कन्सल्टेन्सीका सञ्चालक किशाेर तिवारीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेकाे कुराकानीः

जापान अन्तर्राष्टिय विद्यार्थीको लागि कस्तो गन्तव्य हो ?

अन्तर्राष्टिय बजारको हिसाबले जापानमा जन्मदर घटेको हुनाले कौशल जनशक्क्तिको कमि भएको देश हो । यसकारण जापान सरकारले भाषाको कोर्षहरुमा अन्तर्राष्टिय विद्यार्थीहरुलाई लामो समय देखि आवेदन खुल्ला गरेको छ । जापानमा अन्य भाषा नचल्ने हुनाले जापानमा पहिला भाषा पढ्ने र भाषा पढिसकेपछि टेक्निकल स्कुल अथवा विश्वविद्यालयमा पढ्न सक्ने प्रावधान छ । त्यस्ता टेक्निकल स्कुलहरुमा कार, कम्प्युटर जस्ता टेक्निोलोजीहरुको व्यावहारिक शिक्षा प्रदान गरिन्छ । उनीहरुलाई रोजगारको बजारमा पुराउने हिसाबले जापानले विद्यार्थीलाई ट्रेन गर्दछ । त्यसैले अन्तर्राष्टिय विद्यार्थीहरुलाई पढाईको र करियरको हिसाबले जापान एक राम्रो गन्तव्य हो ।

जापानमा नेपाली विद्यार्थीहरुको रोजाईमा कुन कुन कोर्षहरु पर्ने गरेका छन् ?

९० प्रतिशत नेपाली विद्यार्थी जापान सुरुवाती चरणमा भाषाको लागि जाने गर्छन् । जापानिज भाषा पढिसकेपछि विद्यार्थीहरुसँग दुईवटा विकल्प हुन्छ । एउटा भनेको भोकेसनल स्कुल जाने र दोस्रो विश्वविद्यालय जाने जसमा जानको लागि विद्यार्थीले भाषामा दोस्रो लेभलको परीक्षा पास गर्नुपर्ने हुन्छ । तर, भोकेसनल स्कुल पढ्नको लागि विद्यार्थीको भाषा राम्रो हुनुपर्छ ।

विद्यार्थी जापान जानुभन्दा अगाडि ध्यान दिनुपर्न कुराहरु के के हुन् ?

विद्यार्थीहरुले जानुभन्दा अगाडि जापान आफुनो लागि सहि गन्तव्य हो कि होईन भन्ने कुरा बुझ्नपर्छ । र उसले एउटा उपयुक्त कन्सलटेन्सी छान्नु पर्छ । दोस्रो रहेको छ पार्ट टाईम काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा । यस्तै विद्यार्थी आफ्नो लक्ष्यलाई लिएर प्रष्ट हुनुपर्छ । यस्तै, मुख्य भनेकाे भाषाको तयारी हो । भोलि तपाई ब्याचलर पास गरेर सिधैं वोर्किङ भिसामा जानुहुन्छ कि भन्ने बिषयहरुमा तपाई आफै खुलस्त हुनु्पर्छ । तर, पहिलो प्राथमिक कुरा भनेको एउटा सही कन्सल्टेन्सी नै हो ।

त्यो किन भन्दा जापान जानुभन्दा अगाडि तपाईको दुई कुरा एकदमै महत्वपूर्ण हुन्छ जसले तपाईलाई सजिलै भिषा पाउन मद्दत गर्दछ । पहिलो भनेको राइट डकुमेन्टेसन जसको लागि कन्सल्टेन्सी राम्रो हुनु जरुरी छ। दोस्रो भनेको तपाई जापान गएर अध्ययन गर्ने जाने स्कुलको प्रोफाईल । जापानमा त्यो स्कुलको अवस्थाको बारेमा विद्यार्थीलाई कन्सलटेन्सीले जानकारी दिनैपर्छ। त्यो स्कुल ब्ल्याक लिस्टमा छ वा छैन अथवा त्यो स्कुलको नतिजाहरु कस्तो छ, बजारमा उनका उत्पादन अर्थात पास भएर निस्किएका विद्यार्थीको अवस्था कस्तो छ भन्ने विद्यार्थीमा जानकारी हुनुपर्छ, जापान सरकारको मिनिस्ट्री अफ जस्टिसले स्कुलहरुलाई उसको नतिजाहरुको आधारमा वर्गीकृत गरेको हुन्छ ।

जापान सरकारले विद्यार्थीहरुलाई कति वर्षको भिसा दिन्छ ?

जापानको हकमा विद्यार्थीहरुले कोर्स र ईन्टेक हेरेर भिसा पाउने गर्छन् । अप्रिलमा आवेदन दिएका विद्यार्थीहरुको लागि २ वर्षको भिसा प्रदान गरिन्छ । यस्तै जुलाईमा गर्नेहरुको लागी २१ महिना, अक्टोबरमा १८ महिना र जनवरीमा १५ महिनाको भिसा दिईन्छ । भिसाको कुरा गर्नुपर्दा सामान्यतः जापान जाने विद्यार्थीहरुको १५ महिनाको सिओई सर्टिफिकेट अफ ईलिजिबिलिटी आउँछ । जति महिनाको सिओई आउँछ त्यती नै महिनाको भिसा आउँछ तर त्यसलाई पछि गएर सजिलै बढाउन सकिन्छ ।

डिपेन्डेन्टको हकमा जापानमा कस्ताे राष्ट्र रहेको छ ?

डिपेन्डेन्टको हकमा भोलि गएर विद्यार्थीले आफ्नो श्रीमान अथवा श्रीमती लैजान आफ्नो आवश्यकता हेरेर उसले आवेदन दिन सक्छ । आवेदन दिनुभन्दा अगाडि उसले पढेको संस्थाबाट चाहिँ स्विकृति लिनुपर्ने हुन्छ । प्रकृयाको कुरा गर्नुपर्दा उसले आफ्नो नाता प्रमाण लगायतका डकुमेन्टहरु अध्यागमनमा बुझाईसकेपछि त्यसको पनि सिओई नै आउँछ । त्यसपछि विद्यार्थीहरुले आफ्नो पार्टनरलाई लैजान सक्छन् ।

विद्यार्थी भिषालाई जापानमा वर्किङ भिषामा परिवर्तन गर्न कत्तिको सहज छ ?

सामान्यतः ब्याचलर पास भएका र भाषामा राम्रो भएकाहरुलाई आफ्नो भिसा वर्किङ भिसामा परिवर्तन गर्न खासै गाह्राे हुँदैन । यसको मतलब प्लस २ पास गरेकाले नपाउने भन्ने होइन । मुख्य कुरा जापानमा भाषा र सीपलाई प्राथमिकता दिईन्छ । तपाईले विभिन्न माध्यमबाट जापानमा कामको लागि आवेदन दिन सक्नुहुन्छ। जापानमा काम खोज्ने ब्रोकर कम्पनीदेखि लिएर काम खोज्ने एप्सहरु रहेका छन् वा तपाईले आफ्नो तपाईको जापानिज भाषा साह्रै राम्रो छ भने त्यहाँको कम्पनीहरुले तपाईको क्षमताहरुलाई मापन गर्दछ र तपाई उनीहरुको कामको लागि उपयुक्त लागे कम्पनीले अध्यागमन शाखामा गएर आवेदन दिन्छ । आवेदन दिईसकेपछि त्यसको पनि सिओई नै आउँछ र तपाई वर्किङ भिसा पाएर बस्न सक्नुहुन्छ ।

विद्यार्थीहरुले आफ्नो करियरलाई कतिको प्राथमिकतामा राखेको पाउनुहुन्छ ?

मूलतः विद्यार्थीहरुलाई सही परामर्श नभएर हो कि किन हो अहिलेको अवस्थामा पनि धेरै विद्यार्थीहरुमा अझै पनि पैसा कमाउन प्रति नै आकर्षित छन् । हुन त धेरै विद्याथीहरु ऋण लिएर गएका हुन्छन् जसका कारण पनि उनीहरु पैसा कमाउन तर्फ बढी ध्यान दिएको पाइन्छ । तर, म मेरो विद्यार्हर्थीहरूलाई पैसा कमाउनुको साथसाथै करियरमा फोकस गर्न नछोड्न सुझाव दिन्छु । त्यहाँ गएर भाषा राम्रो भएर विश्वविद्यालयबाट दीक्षीत भए उ सजिलैसँग जापानको जब मार्केटमा बिक्छ । म हरेक विद्यार्थीहरु जो जापान जान चाहनुहुन्छ उहाँहरुलाई आफ्नो करियरबाट ध्यान अन्त्य नलैजानुहाेला, भविष्य राम्रो बनाउन सके बल्ल जिन्दगी सुखमय हुन्छ भन्ने सुझाव दिन चाहन्छु ।

जापान जानको लागि सुरुवाती चरणमा कति खर्चको आवश्यकता हुन्छ ?

सुरुमा जापानमा भाषाको कोर्षको स्कुलको शूल्क ७ देखि ८ लाख पर्न जान्छ । त्यसपछिको बस्नको लागि, आफुले लाने पैसा, डकुमेन्टेसन, टिकेट जस्ता सबै चार्जहरु गर्दा लगभग १२ लाखको हाराहारीमा खर्च लाग्ने गर्दछ ।

नेपाल फर्केर विद्यार्थी कत्तिको आएका छन् ? यहाँ आएर के पेसा रोज्ने गरेका छन् ?

धेरै फर्केर अाएका छन् । यद्यपी, फर्कनेको दाँजोमा उतै बस्नेको संख्या धेरै छ । यहाँ आएर धेरै जना परामर्श व्यवसायमै आबद्ध छन्।  कोही कलेजहरुमा पढाईरहेका छन्, कोही भाषाका कक्षाहरु संचालन गरेर बसेका छन्, कोही आईटी क्षेत्रमै काम गरेर मनग्य पैसा कमाइ रहेका छन् ।

कन्सल्टेन्सीको विद्यार्थीहरुप्रतिको भूमिका के हो ?

कन्सलटेन्टहरु डाक्टर जस्तै हुन् र हुनुपर्छ । जसरी एउटा डाक्टरले बिरामीलाई चेकजाँच गरेर उसलाई सही औषधि खानको लागि सुझाव दिन्छ त्यसरी नै कन्सलटेन्सीहरुको काम भनेको विधार्थीलाई गहिराईमा गएर कुनै पनि विषयको बारेमा पूर्ण रुपमा जानकारी दिनु हो । विधार्थीलाई जापान यस्तो देश हो भनेर सतही रुपमा थाहा छ । तर, त्यहाँ कुन क्षेत्रमा उनीहरुको करियर बन्छ, उसको क्षमता के हो भन्ने जस्ता सबै कुरालाई मूल्यांकन गरेर उनीहरुलाई कोर्सहरु सुझाव गर्न कन्सलटेन्सीको भुमिका हुन्छ । यसका साथै विद्यार्थीलाई पढ्नकाे लागि पठाइसकेपछि आफ्नो कर्तव्य पुरा भएको सोच्नु हुँदैन।

विद्यार्थीले सुबाङ्गिलाई नै किन रोज्ने ?

सुभाङ्गि आउनुको कुनै ठूलो उद्देश्य, गफ र आश्वासन पनि छैन । हाम्रो एउटै हो हामी सही सूचना दिन्छौं र विद्यार्थीलाई मिसगाईड गर्दैनौं । हामी हाम्रो अनुभवको आधारमा डकुमेन्टेसन गर्छाैं । विद्यार्थीहरुलाई हाम्रो भिषा सक्सेस रेट, काम गर्ने शैली, हाम्रो शिक्षकहरु हेरेर हामीलाई मूल्यांकन गर्न आग्रह गर्छाैं । हामी हाम्रो कामप्रति ईमान्दार छौं र हामी विद्यार्थीको डकुमेन्टेसन दिल दिमाग लगाएर गर्छौं त्यति नै हो । साथै, विद्यार्थीलाई अध्ययनको लागि पठाइसकेपछि हाम्रो काम त्यहीँ सकिदैँन । उनीहरुलाई भविष्यमा आवश्यक सहयोग हामी गर्छाैं र गर्दै आएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.