भैरहवा सेज जङ्गलमा परिणत हुँदै, ५२ बिगाहमा ३ वटा मात्रै उद्योग सञ्चालन

  २०७६ पुष २४ गते १३:५९     विकासन्युज

काठमाडौं । पछिल्लाे समय भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) जंगलमा परिणत भइरहेकाे छ । ५२ विगाह क्षेत्रफलमा फैलिएकाे सेजमा हाल ३ वटामात्र उद्याेग सञ्चालित छन् ।

५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको मध्ये ५० वटा प्लटमा उद्योग स्थापनाका लागि अनुमति र ३ वटामा उद्याेग सञ्चालन भइसकेका छन् ।  बाँकी १९ वटा प्लटमा उद्योग स्थापना हुन बाँकी रहेको छ । भैरहवा सेजमा स्थापित स्टील, एलइडी लाइट र आल्मोनियम उद्योगकाे उत्पादन पनि शुरू भइसकेकाे छ ।

सेजमा स्थापित उद्योगहरूलाई सरकारले कर छुट सुविधा समेत दिएको छ । अर्थविद डा. शंकर शर्माले सरकारको सेज प्रतिको निती राम्रो नभएकाले औद्योगीक क्षेत्र जङ्गलमा परिर्णत हुँदै गएको बताए । ‘उद्योग स्थापना गर्छु भन्नेहरु नै सेज छाडेर गइसके, २२ वटा प्लट खाली छन्, ३ वटाभन्दा धेरै प्लट त जङ्गलमा परिर्णत भइसकेका छन्, सेज मर्मतका लागि गत वर्ष दिएको बजेट खर्छ भएन, बाटो नभएर ६ वटा उद्योग छाडेर गइसकेका छन् ।उनले भने ।’

विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशकको नियुक्ती हुन नसक्नुले पनि समस्या भएको उनकाे भनाइ छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सेजले जसरी पनि गति लिने बताए ।  ‘अब पहिलेको जस्तो सुस्ताएर बस्दैन, कर्मचारी र सरकारलाई दोष लगायर मात्रै हुदैन, हामिले नयाँ औद्योगिक क्षेत्र  पनि विस्तार गर्न लागेका छौ । उनले भने ।’

उद्योग राज्य मन्त्री मोतिलाल दुगडले निजि क्षेत्रका लगानीकर्ता किन निरुत्साहित भए भनेर बुझनु पर्ने बताए । सरकारकाे निजी क्षेत्रसगँ सहर्काय हुनु आवश्यतक रहेकाे उनकाे भनाइ छ । उद्याेगीहरू उद्योग सञ्चालन गर्नुभन्दा पनि उद्योगको फाइल बाकेर दैडिनु पर्ने अस्थाको यो सरकारले अन्त्य गर्नै  पर्ने उनकाे भनाइ छ ।  उनले भने, ‘देश अझैँ पनि संकटमा छ ,रेमिटेन्सले मात्रै देश देश चलाएर हुदैन, देशमा रोजगारी, औद्योगिक वातावरण र देशको आर्थिक वृद्धि हासील गर्नु पर्नेछ  ।’

उद्योग मन्त्रालयका सहसचिव दिनेस भट्टराईले सरकार-सरकार विचका निकायमा पनि समन्वय नभएको धारणा राखे ।पहिलो ७० प्रतिशत सेजमा उत्पादन गरेको वस्तु निर्यात गर्नु पर्ने प्रावधान थियो,अहिले त्यसलाई घटाए ६० प्रतिशतमा झारेकाे उनकाे भनाइ छ ।

सेजमा उद्योग आकर्षण हुन् भनेर नै घटाएका हौं, सेजले निर्यातजन्य उद्याेगको लागि प्राथमिकता दिएको छ । विद्युत, पानी र सडकमा सरकारले लगानी गरिदिएको छ, यो सरकारले निर्यात रोजगारमा वृद्धि होस् भनेको हो, सेज एउटा प्राधिकरण हो, प्राधिकरण पनि त चल्नु पर्छ ।’ उनले भने ।

यस्तै, विद्युत प्रधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले हाल नेपालका विद्युत प्रयाप्त भएकाे बताउँदै अहिले पनि ४० प्रतिशत विद्युत उधोगलाई दिएको बताए। सेजका लागि सन् २००१ मा जग्गा अतिक्रमण गरेको थियो । २००८ मा सेजको पूर्वधार निर्माण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.