विषयविज्ञ भन्छन्- ‘गणितविना नेपाली विद्यार्थीको भविष्य अन्धकार हुन्छ, कक्षा ११ र १२ मा नो क्रेडिटमा मात्रै गणित

  २०७६ पुष २३ गते १४:४७     राजाराम न्यौपाने

काठमाडौं । कक्षा ११ र १२ नो क्रेडिटमा मात्रै गणित विषय समावेश गराउने भएपछि विरोध सुरु भएको छ । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने भने पछि जनस्तरबाट विरोधको आवाज चर्किन थालेको हो । अब विज्ञानका विषयहरु बायोलोजी, फिजिक्स र केमेस्ट्रीका विद्यार्थीहरुले चाहेमा मात्रै नो क्रेडिटमा गणित विषय पढ्न पाउने छन् ।

नेपाल गणित समाजका सहसचिव तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभाग उपप्राध्यापक डा. जीवन काफ्लेले प्रविधिको समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भको रुपमा रहेको गणित तथा विज्ञानका विषयहरुलाई उच्च महत्व दिनु पर्नेमा आज विपरीत दिशातिर फर्कन लागेको अनुभव आफुले महसुश गरेको बताए ।

‘अबको पाठ्यक्रम विज्ञान, प्रविधिमैत्री भएमा मात्र हामी विकासको सहि मार्ग पहिल्याउन सक्छौ, विज्ञान र गणितबिना विद्यार्थीहरुको जीवन अन्धार हुन्छ ।’ उनले भने ।

‘आज विश्वका धेरै देशहरुले पाठ्यक्रमको नविनतम धारणा अन्र्तगतमा जोड दिएका छन्, जसले गर्दा उनिहरु आर्थिक विकास तथा समृद्धिमा फड्को मारिरहेका छन,’ उनले भने, ‘यसलाई सकारात्मक शिक्षाको रुपमा हामीले लिनु पर्दछ, अन्यथा २१ औं शताब्दिमा ज्ञान, विज्ञान तथा प्रविधिक जनशक्तिको खाँचो राज्यले गरिरहने तर हामी भने देश तथा विदेशमा बिक्न नसक्ने जनशक्ति उत्पादन गरिरहने छौं ।

यसको बारेमा राज्य संचालकहरुले बेलैमा ध्यान दिन जरुरी रहेको काफ्लेको भनाइ छ ।  शिक्षाविद विद्यानाथ कोइरालाले नो क्रेडिट विषयले विद्यार्थीले ज्ञान मात्रै लिनु सक्ने बताए । विद्यार्थीको प्रमाणपत्रमा उसले गणित अध्ययन गरेको भनेर थाहा नहुने उनको भनाइ छ ।

हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले विज्ञान र गणितविना पाठ्यक्रम अधुरो हुने बताए । ‘सिडीसीले के आधारमा गणित विना नै विज्ञान अध्ययन गर्न सकिन्छ भनेर गणित हटायो हामी नै अच्चममा परेका छौ,ँे अब विज्ञान र गणित हटाएपछि नेपालमा इन्जिनियरको पढाइ नै रोकिन्छ, इन्जिनियर अध्ययन गर्न कक्षा ११ र १२ मा १०० पुर्णाकंको गणित अध्ययन गरेको हुनु पर्नेछ ।’ उनले भने ।

पाठ्क्रम विकास केन्द्रका निर्देशक लेखनाथ पौडेलले विद्यार्थीले चाहेमा नो क्रेडीटमा गणित पढ्न सक्ने बताए । ६ वटा विषयको ठाउँका ७ वटा विषय हुन जान्छ । तर, विद्यार्थीले चाहे पढ्न पाउने उनको भनाइ छ ।

विज्ञान विषयमा गणित नहुँदा के हुन्छ ?

विज्ञान विषयको भाषा नै गणित हो । बिना भाषाको सिकाईको कल्पनानै गर्न सकिँदैन । गणित, विज्ञानको आधार र मेरुदण्ड दुवै हो । विज्ञान गणितबाट शुरु हुने हो । विज्ञानका मोडल र इकोइसनमा गणित नै हुन्छ । विज्ञानको जुनसुकै विषयमा र क्षेत्रमा गणित हुन्छ ।

विज्ञानबाट गणित हट्यो भने विद्यार्थीले विज्ञान पढ्नै सक्दैनन् । कक्षा ११ र १२ को भौतिकशास्त्र समुहमा अहिले पनि गणित छ । जीवशास्त्र विद्यार्थीले गणित पढ्न नपाउने बनाउँदै छ । पहिले अनिवार्य विषय कम थिए । अहिले बढेको छन् ।
अनिवार्य विषय धेरै भएपछि विद्यार्थीले ऐच्छिकमा गणित पढने अवस्था नै रहँदैन ।

गणित पढेका पनि भौतिकशास्त्रको कक्षामा हुन्छन् । नपढेका पनि हुन्छन् । अनि कसरी विद्यार्थीलाई शिक्षकले पढाउने भन्ने हुन्छ । भौतिकशास्त्र कोर्ष हेर्ने हो भने पनि पहिलो पाठमा नै गणित छ । गणित हटाउने हो भने विद्यार्थी कमजोर हुनेछन् । त्यसैले गणित विनाको विज्ञान हुनै सक्दैन

कक्षा ११ र १२ का ऐच्छिकका रुपमा विज्ञानका विषयहरुमा भौतिक विज्ञान, रसायन विज्ञान, गणित तथा जीव विज्ञान आधारभूत विज्ञानका आधार स्तम्भ हुन् । तर यो पाठ्यक्रममा जीवविज्ञानका विद्यार्थीहरुले गणित पढ्न नपाउने गरि तयार गरिएको छ ।

जीवविज्ञानका विद्यार्थीहरु गणित पढ्नबाट वञ्चित हुँदा भविष्यमा उनीहरु उच्च अध्ययनको अवसरवाट समेत वञ्चित हुने देखिन्छ । जबकि कृषि तथा वन विज्ञान कार्यक्रममा भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् ।

पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरि तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाकंको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुका यी कार्यक्रमहरु अध्ययन गर्न पाउँदैनन् ।

हाम्रो देश नेपाल नै यस्तो मुलुक हो शैक्षिाक पाठ्यक्रम तालमेल र पठन पाठन विषय विवादमा पर्दै आएको छ । कहिले भोकेसनल पाठ्यक्रम भनेर थपिने त कहिले त्यसैलाई झिकिने गरिन्छ । कहिले नैतिक शिक्षा आवश्यक ठानिन्छ त कहिले त्यो बेकारको भार ठानेर हटाइने गरिन्छ ।नेपालको नीति निर्माताहरु नै आफ्नो दोस्रो पुस्तालाई के पढाउने, के नपढाउने र के सिकाउने भन्नेबारे सधैँ अन्योल देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.