सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा लम्जुङ र तनहुँमा

  २०७६ पुष २३ गते १३:४८     विकासन्युज

काठमाडौं । सनराइज बैंकले लम्जुङको ठुलीेबेसीमा र तनहुँको टुहुरेपसलमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

सोमबार लम्जुङको ४४औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिलाप्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

यसै क्रममा मंगलबार ४५औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका हुन् । नगरपालिकाका प्रमुख श्री तारा नरेश पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.