प्राइम लाइफद्वारा बीमा रकम भुक्तानी

  २०७६ पुष २३ गते १३:३४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्स क.लि मा  बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका थिए ।

वैदेशिक रोजगारबाट छुट्टीमा घरमा आएका बिकको आफ्नै काममा बागलुङ्गको लाम्मीलाबाट घर फर्कदा जिप दुर्घटना भइ कात्तिक ८ गते मृत्यु भएको थियो ।

कम्पनीको नियमानुसार भुक्तान गर्नुपर्ने बिमाङ्क १० लाख र दाहसंस्कार खर्च रु. १ लाख गरी जम्मा रकम रु ११ लाखको चेक कम्पनीको बागलुङ्ग शाखा कार्यालयबाट शाखा प्रमुख ज्ञान प्रसाद ढुङगानाले स्व. बिकको श्रीमती भावनालाई हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.