इरानको हमलाले विश्व बजारमा प्रभाव, २.५ प्रतिशतले बढ्याे तेलकाे मूल्य

  २०७६ पुष २३ गते १३:५१     विकासन्युज

काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो ।

पछिल्लो समय मूल्य वृद्धिका भएकै कारण मध्यपूर्वबाट तेल निर्यातमा रोकावट त हुँदैन भन्ने चिन्ता बढेको छ । इरानको हमलाबाट अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ ।

शेयर बजारमा नकारात्मक असर पर्ने देखिएको छ । जापानको निकेईको शेयर २ प्रतिशत घटेको छ, भने हङकङको हेङ सेङमा १ प्रतिशतको गिरावट आएको छ । इरानी संचार माध्यमका अनुसार सो हमला इरानी प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्याको बदला भएको जनाएको छ ।

इरानको हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरे । आगामी दिन बदला स्वरुप अमेरिका र इरानका बीच द्वन्द्व बढ्ने अनुमान छ । त्यस्तो अवस्थामा हारमुजदेखि संसारभर तेल निर्यात रोकिन सक्ने अनुमान छ ।

साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यही मार्गबाट हुने गर्छ । अमेरिकी वायुसेवा नियामक निकाय संघीय हवाईसेवा प्राधिकरण (एफएए)ले अमेरिकी यात्रुवाहक विमानलाई इराकको हवाई सीमाबाट उड्न प्रतिबन्ध लगाएको थियो । हमलापछि नै सिङ्गापुर एयरलाइन्सले पनि आफ्ना सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्न भनेको छ ।

इरानको अवस्थाको प्रभाव मध्यपूर्वी देशमा

भारत अमेरिका र रुसबाट पनि तेल आयात गदर्छ । त्यस्तै सबैभन्दा बढी तेल मध्यपूर्वका देशहरूबाट आयात गर्छ र त्यसमा पनि इराक पहिलो नम्बरमा पर्छ । यसका अलावा साउदी अरब, ओमान र कुवेत छ ।

भारतलाई यसको चिन्ता छैन कि तेल निर्यातमा कुनै रोकावट भन्दा पनि तेलको मूल्य वृढिमा छ । अहिले तेलको मूल्य प्रति ब्यारेल ३ डलर बढेको छ । भारतीय अर्थतन्त्रका लागि प्रति ब्यारेल ३ डलर मूल्य बढेको हो । भारतमा जुन आमउपभोक्ता छन्, उनीहरू पेट्रोल–डिजल खरिद गर्छन् या एलपीजी ग्यास गरिद गर्छन्, उनीहरूका लागि यो सुखद् खबर होइन ।

अमेरिकाको यस्तो कार्बाहीले भारतका नागरिकको खल्तीमा असर गर्नेछ किनकि आगामी दिनमा पेट्रोल–डिजल र एलपीजी ग्यासको मूल्य बढ्ने अनुमान छ । भारतमा तेलको आपूर्ति भए पनि मूल्य उच्च हुन जाने आशंका रहेको छ ।

तेलको मूल्य यस्तो समयमा बढिरहेको छ, जुनबेला भारत सरकारका लागि आर्थिक घाटा चुनौती बनिरहेको छ । यसबाट भारतीय रुपैयाँमा पनि दबाब बढ्नेछ । आगामी दिनमा भारतीय उपभोक्ताका लागि यो चिन्ताको विषय बन्नेछ । यो भारतीय अर्थव्यवस्थाका लागि त चिन्ताको विषय हुँदै हो ।

अमेरिकाले उक्त कार्बाही इरानविरुद्ध इराकमा गरेको थियो, तर यसको सबैभन्दा प्रतिकूल असर भने भारत र दक्षिण एसियाका देशमा देखिएको छ ।

भारतको निकट छिमेकी तथा नेपालले पनि पेट्रोलियम पदार्थ भारतबाटै ल्याउनु पर्ने अवस्थाको यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ ।

इरानकाे हमलाकाे सुनमा

इरानकाे हमलाकाे प्रभाव विश्वकाे सुनबजारमा देखिएकाे छ । नेपालकै सन्दर्भमा हालसम्मकै (उच्च मूल्य) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ काराेबार भइरहेकाे छ ।  नेपालले अन्तर्राष्ट्रिय बजारबाट सुनमात्र नभइ पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.