एनआरएनलाई एभरेष्ट बैंकको बचत खातामा विशेष सुविधा, क्रेडिट कार्डमा ५०% छुटसहित कर्जामा उच्च प्रतिफल

  २०७६ पुष २२ गते १९:००     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले एनआरएन बचत खातामा विशेष सुविधा दिने भएको छ । बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउने उद्देश्यले बैंकले एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ ।

बैंकले पान नेपालको उपस्थितिमा अग्रणी वाणिज्य बैंक बन्ने र एउटै छानामुनि वित्तीय सेवा तथा सुविधा प्रदान गर्ने घरयासी नाम बन्नका लागि एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको हो । एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगी र एभरेष्ट बैंक तथा एनआरएनएका अन्य उच्च अधिकारीहरुको उपस्थितीमा एमओयूमा हस्ताक्षर भएको छ ।

बैंकले एनआरएन बचत खातामा निःशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिंग, ई-स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ ।

हाल बैंकले ९५ शाखाहरु, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटिएम मार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.