माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो अडियो नोटिस बोर्ड सहितको सेवा केन्द्र

  २०७६ पुष २२ गते १८:१९     विकासन्युज

काठमाडौं । माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको एसआईपी पीबीएक्समा आधरित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

गाह्रकले बैंकको विभिन्न सामजिक संजालमार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्रमा सम्पर्क स्थापित गर्न सक्नेछन् । बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसंग सम्बन्धित सूचना आदान-प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भूमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

बैंकले हाल १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.