एनआईबिएल सहभागिता फण्ड बिक्री गर्न मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता

  २०७६ पुष २२ गते १७:१८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गतथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात ग्राहकले सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.