टाटा मोटर्सले ल्यायो ‘नाईट आउट’ योजना, १ लाखसम्मकाे एक्सचेन्ज बाेनस

  २०७६ पुष २२ गते ११:५६     विकासन्युज

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक, सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा ‘नाईट आउट’ योजना ल्याएको छ । उक्त कार्यक्रम पुस २२ देखि २५ गतेसम्म पोखरा बुद्धचोकस्थित दिप मोटर्सको सोरुममा  हुनेछ ।

यस योजनामा सहभागी हुन ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा लगायतका गाडीहरु अवलोकन गर्न सक्नेछन् ।

कार्यक्रममा एक जोडीलाई सिंगापुर क्रुज टूर, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. १ लाखसम्मको एक्सचेन्ज बोनस, प्रत्येक टेष्ट ड्राइभ र मुल्याङ्कनमा आर्कषक उपहारका साथै प्रत्येक गाडीको खरिदमा एक वर्षको सवारी कर लगायतका विशेष आर्कषणहरु रहेका छन ।