भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै

  २०७६ पुष २२ गते ११:४०     विकासन्युज

काठमाडौं ।नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगिसकेको उनका सचिवालयले जनाएको छ । मन्त्री भट्टराईले भव्य समारोहका बीच सिड्नीमा भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

राष्ट्रिय रूपमा भ्रमण वर्षको सन् २०२० जनवरी १ (पुस १६ गते) काठमाडौंको दशरथ रङगशालामा भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् । सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको सोहीदिन शुभारम्भ गरेका थिए ।

सरकारले भ्रमण वर्ष २०२० अभियानमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको देश तथा विदेशमा प्रबर्धनात्मक गतिविधि सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.