एनआईबिएल सहभागिता फण्डको इकाइ बिक्रीका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच समझदारी

  २०७६ पुष २२ गते १०:४७     विकासन्युज

काठमाडौं । एनआईबिएल सहभागिता फण्डको इकाईहरुको खरिद बिक्रीलाई सहजीकरण गर्नका लागि गुडविल फाईनान्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरेका हुन् ।

गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।

यस अघि सो योजनाका इकाईहरुको कारोबार नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट असोज २७ गतेदेखि हुदैं आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.