सार्वजनिक गर्नु अघिनै लिक भयो रोयल इन्फिल्डको नयाँ भर्जनको तस्वीर, थपिनेछन् यस्ता विशेषता

  २०७६ पुष २२ गते ११:४६     विकासन्युज

काठमाडाैं । रोयल इन्फिल्डले आफ्नो बेस्ट सेलिङ्ग मोडेल ‘क्लासिक ३५०’ को २०२० संस्करणलाई छिट्टै नै बजारमा ल्याउने भएको छ । कम्पनीले आधिकारीक रुपमा सो मोटरसाइकललाई प्रदर्शन गर्नु अघिनै यसका केहि तस्विर विभिन्न श्रोतहरुबाट बाहिरिएका छन् । तस्विर हेरेपछि सो मोटरसाइकलको केहि फिचरहरुका वारेमा सहजै अनुमान भने लगाउन सकिएको छ ।

कम्पनीले आफ्नो सर्वाधिक रुचाइएको मोडेल क्लासिक ३५० को डिजाइनलाई २०२० संस्करणमा पनि यथावत नै राखेको देख्न सकिन्छ । तर ग्राहक माझ यसको लोकप्रियता थप बढाउनकालागि सो मोडेलका केहि पक्षहरुमा भने परिमार्जन गरेको छ ।

पहिलो अपग्रेडको रुपमा क्लासिक ३५० मा दिइएको थप कलर अप्शनहरुलाई लिन सकिन्छ । त्यसैगरी, पहिले स्पोक व्हिल्स दिइएको क्लासिक ३५० मा अहिले अलोए व्हिल समावेश भएको देख्न सकिन्छ । अलोए व्हिलले बाइकलाई आकर्षक देख्न मद्दत पुर्याएको त छ नै, साथै यसले गर्दा बाइकको ह्याण्डलिङ्ग, स्टेयरिङ्ग र कर्नरिङ्गमा पनि सुधार आउनेछ ।

अर्को परिमार्जनको रुपमा यस बाइकमा कार्बुरेटरको साटो इलेक्ट्रोनिक फ्युल इन्जेक्शन सिस्टम समावेश गरिएको छ । बाइकले माइलेज बढि दिनु, माइलेजमा एकरुपता आउनु, भाइब्रेशनमा कमी आउनु, चिसोको वेला बाइक स्टार्ट गर्दा सहज हुनु लगायत फ्युल इन्जेक्शनको फाइदाहरु हुन् । त्यसैगरी, यस मोडेलमा बीएस६ प्रदुषण मापदण्ड अनुरुपको इञ्जिन पनि समावेश गरिएको छ । बीएस६ इञ्जिनले कम प्रदुषण उत्पन्न गरेर वातावरणमा हुने असरलाई धेरै हदसम्म कम गर्दछ ।

यस्ता अपग्रेड पश्चात् २०२० क्लासिक ३५० पहिलेको संस्करणभन्दा केहि महँगो पक्कै हुनेछ । भारतीय बजारमा २०२० क्लासिक ३५० को मूल्य पहिलेभन्दा १२ हजार रुपैयाँको हाराहारीमा बढ्ने अनुमान गरिएको छ ।

सो मोडेलमा डुअल डिस्क, डुअल च्यानल एबीएस जस्ता विशेषताहरु यथावतनै रहेका छन् । रोयल इन्फिल्डले नयाँ क्लासिक ३५० मा पहिले जतिनै क्षमता भएको इञ्जिन राख्ने भएतापनि यसले प्रदान गर्ने पावर र टर्कमा केहि थपघट हुने सम्भावना भने प्रवल रहेको छ । हाल बिक्री भइरहेका क्लासिक ३५० मा ३४६ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १९.८ बीएचपीको पावर र २८ एनएमको टर्क उत्पादन गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.