मेगा बैंककाे बचत खातामा १७ वटा आकर्षक सुविधादेखि १० लाखसम्मको दुर्घटना बीमा

  २०७६ पुष २१ गते १८:३८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजना र ‘मेगा माया बचत खाता’ को नयाँ संस्करण ल्याएको छ ।

बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा बैंकले ग्राहकहरुलाई धन्यवाद स्वरुप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । ६.५ प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरुलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरुको व्यवस्था गरिएको छ ।

यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निशुल्क रुपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरुको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।

साथै,  बैंकले नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूति गराउने उद्देश्यले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको प्राणघातक रोगहरुको बीमा र १ लाख रुपैँयासम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्स मार्फत गर्ने भएको छ ।

आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरुले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्क रुपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

हाल बैंकको १११ शाखा, २० एक्सटेन्सन काउन्टर, ११४ एटिएम, ११९ शाखारहित बैंकिङ केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.