२०७६ पुष २१ गते १५:५८ विकासन्युज
काठमाडाैं । सानिमा र लक्ष्मी बैङ्कको एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउने भएकाे छ । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका हुन् ।
‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ । यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ ।
ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोषको कारोबार भइरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.