प्रदेश ३ को प्रदेशसभा बैठक दिउसो ३ बजे, के होला राजधानीको निर्णय ?

  २०७६ पुष २१ गते १३:२८     विकासन्युज

हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठक सोमबार दिउसो ३ बजे सुरु हुँदैछ । अधिवेसनको मुख्य एजेण्डा प्रदेश राजधानी र नामाकरण विषयमा छलफल हुनेछ ।
प्रदेशको राजधानी हेटौडा राख्ने वा अन्यत्र ठाउँमा सार्ने भनेमा सत्तारुढ दलकै सांसदहरु विभाजित भएकाले अन्यौल उत्पन्न भएको छ ।

नाम र राजधानीका विषयमा सहमति जुटाउन शनिबार बसेको बैठक बिना निश्कर्ष टुगिंएको थियो । शनिबार र आइतबार बसेको नेकपा संसदीय दलको बैठकमा बोलेका ६६ सांसदहरुमध्ये आधाभन्दा बढीले हेटौँडा राजधानी उपयुक्त नभएको धारणा राखेका थिए ।

प्रदेशको नाम र राजधानीबारे मतदान भएमा नेकपाको प्रस्ताव पारित हुनेछ । किनकि प्रदेश ३ को १ सय १० सदस्यीय सभामा ८० सांसद नेकपाका छन् । यो संख्या प्रदेशको नाम र राजधानीको प्रस्ताव पारितका लागि ७४ मत भए पुग्छ । प्रदेश ३ को प्रदेशसभामा काँग्रेसका २२, विवेकशील साझाको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र एकएक सांसद् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.