लुम्बिनी जनरल इन्स्योरेन्सले सम्पन्न गर्यो लघुबीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम

  २०७६ पुष २० गते १९:३२     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापनमा उदयपुरको गाईघाटमा आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरी, विशिष्ट अतिथी चौडण्डीगढी नगरापालिकाका मेयर खगेन्द्र राई, कृषि ज्ञान केन्द्र, उदरपुरका प्रमुख नरनाथ रेग्मी, प्रधानमन्त्री कृषि आधुनिकीकरण जोनका प्रतिनिधि, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रतिनिधि, त्रियुगा तथा चौडण्डीगढी नगरपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सका सहायक महाप्रबन्धक नबराज तिमिल्सेनाको अध्यक्षता रहेको सो कार्यक्रममा तिमिल्सेनाले लघुबीमा सम्बन्धमा स्थानिय निकायको भूमिका सम्बन्धमा तथा नेपाल बीमक संघका अधिकृत राजेन्द्र पाठकले लघु बीमाको उद्देश्य, यसका फाइदा तथा शर्तहरु सम्बन्धी प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा स्थानिय कृषक, कृषि व्यवसायी तथा कृषि अभियन्ताहरु लगायत ८८ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.