पर्यटन बोर्डको प्रमुखकाे सर्टलिष्टमा ९ जना, कसले मार्ला बाजी ?

  २०७६ पुष २० गते १२:००     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ जनाकाे नाम सर्टलिष्टमा परेकाे छ । आवेदन  दिएकाहरूमध्येबाट ९ जनाकाे नाम सर्टलिष्टमा परेकाे हाे । अब तिनै ९ जनाबिच प्रमुखका लागि प्रतिस्पर्धा हुनेछ ।

पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो ।

सर्ट लिस्टिङकाे प्रतिस्पर्धामा बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी,  काशीराज भण्डारी, दीपक बस्ताकोटी,  र धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर  रहेका छन् ।

सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्ये एकले बोर्डको कार्यकारी प्रमुखको जिम्वेवारी सम्हाल्ने प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.