घोराहीमा लेखा तथा कर नीतिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०७६ पुष २० गते ११:१७     विकासन्युज

काठमाडाैं । सनराइज बैंक लिमिटेडको आयोजना तथा महिला चेम्बर अफ कमर्स घाेराहीकाे समन्वयमा शनिबार आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि महिला चेम्बरकी सचिव लिमा अधिकारीले गरेकी थिईन् ।

घोराही चेम्बर अफ कमर्शका अध्यक्ष मञ्जु वज्राचार्यको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम नेपाल महिला चेम्बर अफ कमर्शकी केन्द्रिय सचिव लिमा अधिकारीको प्रमुख आतिथ्यता तथा सनराइज बैँकको मुख्य कार्यालय काठमान्डौका चार्टर एकाउन्टेन्ट अभिषेक श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन पश्चात सहभागीहरुलाई सम्बोधन गर्दै  महिला चेम्बरले व्यवसाय मैत्री वातावारणलाई प्राथमिकता राख्दै महिला सशक्तिकरण माथि जोड दिदै आएको बताईन् । कार्यक्रम माझ घोराही चेम्बरका उपाध्यक्ष दुर्लभ केसीले स्वागत मन्तव्य राख्दै अभिमुखीकरण तालिमको खाँचो औंल्याएका थिए ।

महिला चेम्बर सम्बद्ध उद्यमी व्यवसायीहरुलाई  प्रशिक्षण तथा अभिमुखीकरण तालिम उपलब्ध गराउने सम्बन्धमा नेपाल महिला चेम्बरका केन्द्रिय अध्यक्ष उर्मिला श्रेष्ठ र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले यस अघि एक सम्झौतापत्रमा हस्ताक्षर गरी आपसी सहकार्यका लागि हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

झन्डै २ सय ३० व्यवसायीहरूकाे सहभागीता रहेको उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले घोराही चेम्बरले नव आगन्तुक र व्यवसाय गरिरहेका व्यवसायीहरूलाइ लक्षित गरि महत्वपूर्ण कार्यक्रम गरेको भन्दै चर्चा गरे । कार्यक्रमको सञ्चालन घोराही चेम्बरका सचिव रजिव उल्लाह खाँले गरेका थिए । सो अवसरमा दाङ चेम्बर अफ कमर्शका अध्यक्ष श्रीधर महरा, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन लगायतले शुभकामना मन्तव्य राखेका थिए भने समापन कार्यक्रमको सञ्चालन महासचिव विमल श्रेष्ठले गरेका थिए ।

आधारभुत लेखा तथा कर नीति बारेको सो अभिमुखीकरण कार्यक्रमका सहभागीहरुलाई चार्टर एकाउन्टेन्ट श्रेष्ठले व्यापार व्यवसाय संचालन गर्दा ध्यान दिनुपर्ने कुरा, कम्पनी दर्ता,, लेखा, कर नीति लगायतका विषयमा प्रशिक्षण दिएका थिए । गत भदौमा नेपाल महिला चेम्बर र सनराइज बैंकबीच भएको  व्यापार साझेदारी सम्झौता अनुरुप बैंकले आधारभुत लेखा तथा कर नीति सम्बधी तालिम उपलब्ध गराएको हो ।

कार्यक्रममा सनराइज बैँक तुलसीपुर शाखाका प्रवन्धक प्रविण अधिकारी, चेम्वर सम्बद्ध ब्यवसायी तथा अन्य उद्यमी ब्यवसायीहरुको उलेख्य सहभागिता रहेको थियो ।सोही अवसर माझ घोराही उपमहानगर चेम्वर अफ कमर्श मातहत घोराही महिला चेम्वर अफ कमर्श गठन गरिएको छ । महिला उद्यमी ब्यवसायीहरुको भेलाले सुमिता गिरीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.