राष्ट्रिय अनुसन्धान विभागले माग्याे २ सय ३२ जना सहायक सूचक, एसईई उत्तीर्णलाई पनि अवसर

  २०७६ पुष १८ गते १४:०५     विकासन्युज

काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ।  सहायक सुचकका लागि एसईई उत्तीर्णले पनि आवेदन गर्न सक्ने बताइएकाे छ ।

१८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन पाउने विभागले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ।

विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर १ सय ५० रूपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रूपैयाँ लाग्नेछ। विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.