यामाहाको बेस्ट सेलिङ्ग स्कुटर रे जेड; फ्यासिनो र रे जेड आर पछिपछि

  २०७६ पुष १७ गते २०:१४     विकासन्युज

जापनिज टू-व्हिलर्स उत्पादक कम्पनी यामाहा आफ्नो पावरफुल मोटरसाइकलहरुका लागि चर्चित रहेको छ । नेपाली बजारमा लगभग १० अलग मोडेलका मोटरसाइकलहरु बिक्रीवितरण हुँदै आएको यामाहाका स्कुटर तर्फ भने ३ ओटा मोडेलहरु बिक्री भइरहेका छन् । यामाहाले फरक टेस्ट भएकाहरुलाई लक्षित गर्दै फरक किसिमका स्कुटरहरु नेपालमा उपलब्ध गराएको छ ।

यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का अनुसार यामाहाले स्कुटर सेग्मेन्टतर्फ २५ प्रतिशतको हाराहारीमा स्थान ओगटेको छ । एमएडब्लूले नेपालमा फ्यासिनो, रे जेड तथा रे जेडआर गरी सो ब्राण्डका ३ मोडेलहरु बिक्री गर्दै आइरहेको छ ।

रे जेड

रे जेड यामाहाको बेस्ट सेलिङ्ग स्कुटर हो । पुरुष वर्गलाई लक्षित गरेर निर्माण गरिएको यो स्कुटर हेर्दा स्पोर्टी देखिन्छ । त्यसैगरी, यसको लामो र चौडा सिटले राइडरका साथै पछाडितर्फ बस्नेलाई पनि आरामदायक यात्रा प्रदान गर्न मद्दत पुर्याउँछ । यस स्कुटरमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी, यस स्कुटरको दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको छ भने यस स्कुटरमा ५ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ ।

फ्यासिनो

रेट्रो डिजाइन प्रदान गरिएको यस स्कुटरको विभिन्न पार्ट्सहरुमा क्रोमको फिनिसिङ्ग दिइएको छ । यामाहाले प्रिमियम स्कुटरको रुपमा निर्माण गरेको फ्यासिनोलाई नेपाली बजारमा विशेषगरी महिलाहरुले बढि रुचाएको पाइएको छ । यस स्कुटरको इञ्जिन क्षमता ११३ सीसीको रहेको छ भने यसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ । दुवै चक्कामा ड्रम ब्रेक जडान गरिएको यस स्कुटरमा ५.२ लिटर पेट्रोल अटाउने क्षमता रहेको छ ।

रे जेड आर

रे जेड भन्दा अझ स्पोर्टी लुक्स प्रदान गरेर यामाहाले रे जेड आरलाई बजारमा ल्याएको हो । यसका ‘डिस्क’, ‘ड्रम’ र ‘स्ट्रीट र्याली यूबीएस’ गरी तिन भेरियन्टहरु उपलब्ध रहेका छन् । रे जेड आर डिस्कमा अगाडिको चक्कामा डिस्क ब्रेक समावेश छ भने रे जेड आर ड्रममा चाहिँ दुईओटै चक्काहरुमा ड्रम ब्रेक समावेश छन् । त्यसैगरी, रे जेड आर स्ट्रीट र्याली यूबीएसमा चाहिँ डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ट्युवलेस टायर, अगाडिको चक्कामा डिस्क ब्रेक, नकल गार्ड, ठूलो बुट स्पेस र यूबीएस जस्ता विशेषताहरु समावेश रहेका छन् । यूबीएस अर्थात् युनिफाइड ब्रेकिङ्ग सिस्टम त्यस्तो ब्रेकिङ्ग प्रविधि हो जसले पछाडिको ब्रेक लगाउँदा अटोमेटिक अगाडिको ब्रेक पनि लाग्न जान्छ । यसले दुवै ब्रेकमा चाहिएको प्रेशर प्रदान गरेर स्कुटरलाई चाहेकै ठाउँमा सुरक्षित साथ रोक्नमा मद्दत गर्दछ ।

इञ्जिन तर्फ भने यी सवै भेरियन्टहरुमा ११३ सीसीको इञ्जिन समावेश गरिएको छ जसले ७ बीएचपीको पावर र ८.१ एनएमको टर्क उत्पादन गर्दछ ।

यस्तो छ मूल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.