अब डिसहाेममै सय रूपैयाँमा सपरिवार नयाँ फिल्म हेर्न सकिन्छ : रमेश सापकाेटा

  २०७६ पुष १७ गते १८:१३     विकासन्युज

यो सूचना प्रविधिको युग हो । सूचना प्रविधिको विकास र विस्तारकै कारण विश्व ‘ग्लोबल भिलेज’का रुपमा चिनिन थालेको छ । नेपालमा पनि सूचना प्रविधि र मनोरञ्जनको विकास र विस्तारमा डिस होमको भूमिका अतुलनिय छ । शहरको कुनाकाप्चा होस् वा पहाडको दुगर्म वस्तीमा,डिस होमले आफ्नो सेवा र पहुँच आम सर्वसाधारण नागरिकसम्म पुर्याउन सफल भएको छ । सन् २००९ मा स्थापना भएको डिस होमको सफलता पछाडिका पक्षहरु, संस्थाको समग्र बजारीकरण र आगामी योजनाका बारेमा डिस होमका जनरल म्यानेजर रमेश सापकोटासँग विकासन्यूजका सन्तोष रोकाया र नविन पोखरेलले गरेको कुराकानी :

डिटिएच सेवाप्रदायक कम्पनीहरुमध्ये डिस होम एक अग्रणी र लिडर कम्पनीका रुपमा स्थापित भएको छ । यो कसरी सम्भव हुन पुग्यो ?

सन् २००९ मा होम टिभी र डिस नेपालले काम सुरु गरेकाथिए । यी दुई कम्पनीहरु ६ महिनापछि मर्ज भएर डिस होम बनेको होे । सुरुवाती चरणमा सेट टपबक्सहरु महङ्गा थिए । तिनीहरु पछि विस्तारै सस्तो बन्दै गए । यी दुई कम्पनी मर्ज भएपछि ६ हजारमा सेटटप बक्स पनि दिन थाल्यौँ । १ वर्ष भित्रमा एचडी सेटअप बक्समार्फत सेवा शुरु गर्यौं। शुुरुमा ७० वटा मात्र एसडी स्टयाण्डर्ड डेफिनेसन च्यानल रहेका थिए । ७० वटा च्यानलको लागि ग्राहकले सदस्यताका स्वरूप मासिक ४ सय रुपैयाँ बुझाउनु पर्थ्याे । ५० वटा च्यानलको २ सय ५० रुपैयाँ पर्थ्याे । पहिले पाँच वटा एचडी च्यानलबाट सेवा शुरु गरेका थियौं ।

अहिले २ सय प्लस च्यानल (७० एचडी + १३० एसडी) हामीसँग छन । त्यसभित्र पनि डिस होमकै आफ्नै विशेष च्यानल रमाइलो टिभी, सीने हिट्स, प्लस मुभिलगायत ११ वटा च्यानल छन् । डिसहोम सिनेमा घरमार्फत ग्राहकले घरमै बसेर फ्लिम हेर्न सक्ने सुविधा हामी कहाँ छ । हामीले ३ सय ५० देखी ७ सयका मासिक शुल्क प्याकेज दिइरहेका छौं । यसरी सेवा विस्तार गर्दै हामी अघि बढिरहेका छौं । आम–नागरिकले रुचाएर नै हामी यहाँ सम्म पुगेका हौं ।

डिसहोमको बजार कस्तो छ, आमनागरिकबाट के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

आम–उपभोक्ताहरु हामीले प्रदान गर्दै आएको सेवाप्रति सन्तुष्ट छन् । सुरुवाती चरणमा हामीले भारतको जस्तो रेडिमेट प्रडक्ट होला भन्ने सोचेका थियाैं । तर, त्यो हुन समयले गर्दो रहेछ । त्यसबेला घर–घरमा डिस होमका लागि छाता इस्टल गर्ने टेक्नीसियनको आवश्यकता पर्यो । उनीहरुलाई तालिमदिनु पर्ने भयो, साथै सेटअपबक्स सेल्स गर्ने डिस्ट्रीब्युसन नेटवर्क बनाउन केही समय लाग्यो । सोही काममा हामीले दुई वर्षको अवधि पनि खर्चियौँ ।अहिले स्याटेलाईटबाट कुनैपनि ठाउँमा डिस होमकाच्यानल हेर्न सकिन्छ । पहिलेको जस्तो पानीपर्दा अवरोध हुदैँन । २ सय प्लस एसडी र एचडी च्यानल दिँदै हामी शहरकेन्द्रीत हुन थालेका छाैं ।

तराईका जिल्लामा बढी जसो भारतीय च्यानलहरु हेर्ने/सुन्ने गरिएको पाईन्छ, तपाईहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेको हो ?

पहिले–पहिले भारतीय सेटटप बक्सभन्दा  नेपाली सेटटप बक्सहरु महँगा थिए । त्यसैले पनि उनीहरुले नेपालीको सट्टामा भारतीय च्यानल प्रयोग गरेको हुनुपर्छ । तर,अहिले भारतको च्यानल भन्दा हाम्रो सुरुको कष्ट र मासिक सदस्यता दर सस्तो छ । तराईको ग्राहकले समेत अहिले डिस होम हेर्छन् । खुला सिमानाका कारण तराईमा भारतीय च्यानल हेरिने गरेको हो । अझैपनि तराईमा हाम्रो बजार विस्तार गर्न केही बाँकीनै छ । सरकारले गैर कानुनी रुपमा हेरिने डिटिएचहरु रोक्न सकेमा भारतीय डिटिएचका च्यानलहरुहेर्न अवश्य नै कमी हुन्छ ।

हिमाली क्षेत्रमा डिस होमको उपस्थिती कस्तो छ ?

हिमाली सबै क्षेत्रमा डिस होम मात्र छ । हामीले खरीदमूल्यमा केही सबसिडी दिएर बिक्रि गरेका छौं । हामी अहिले लगभग १५/१६ लाखघरमा पुगेका छौँ । अहिले प्रि–पेड रिचार्ज मोडल अनुुसार हामीले सेवा दिइरहेका छौं । हिमाली क्षेत्रमा पनि डिस होम रुचाइएको छ ।प्रिपेड मोडल भएकोले पनि ग्राहकहरुले हामीलाई रुचाएका छन् ।

अहिले क्लिन फिडको विषय पनि व्यापक चर्चामा छ, यस प्रति डिस होमको धारणा के छ ?

क्लिन फिड सर्सती सुन्दाआफैमा राम्रो छ । नेपालीले विज्ञापनरहितच्यानल हेर्न पाउनु भनेको राम्रो हो ।सरकारले सर्वप्रथम त विदेशी डिटिएच च्यानलहरु रोक्न सक्ने वातावरण सिर्जनागर्नुपर्छ । विज्ञापनरहितच्यानल हेर्न अवश्य नै ग्राहकलाई महँगो पर्न जान्छ । तर, हामीले विज्ञापन किन हेर्ने भन्ने पनिहो । यसमा विदेशी डिटिएच कम्पनीहरुलाई रोक्न सके यो राम्रो हो । अझैँयसकालागिएक वर्ष समय बाँकी छ । सबैको सुझावलिएर छलफल गरेर काम गर्न आवश्यक छ । हामीले नेपाल सरकारले भनेको अनुसार काम गरिरहेका छौं ।

हामीले सुरुेदखि नै डिजिटल सर्भिस र डाउनलिकं परमिसन नभई कुनै पनि च्यानल राख्न सरकारले दिनुहुन्नभन्दै आएका छौं । हामीले डाइरेक्ट टु होम प्रसारण गर्ने भन्ने भनेर सरकारसँग लाइसेन्स लियौं । हामी सरकारलाई रोयल्टि पनि तिरिरहेका छौं । भारतीय डिटिएच च्यानलहरु नेपालमाआएर पैसा लिएर जान्छन् । नेपाल सरकारले पायरेडेट डिटीएचबाट राजश्व गुमाइरहेको छ । यो नेपाल र नेपाली व्यवसायीहरुका लागि पनि राम्रो होइन ।

डिसहोम दुई/तीन कम्पनी मिलेर बनेको डिटीएच प्रदायक कम्पनी हो, मर्ज हुनभन्दा अगाडि र पछाडिको बजारीकरण कस्तो पाउनु भयो ?

पहिले दुईटा डिटिएच हुनेबेला स्याटलाइटको खर्च डबल जान्थ्यो ।च्यानलले पनि डबल पैसालिन्थे ।अहिले त्यो अवस्था छैन । टिभी हेर्ने मासिक मूल्य सबैभन्दा सस्तोनेपालमै हो ।मासिक मूल्य विश्वकै भन्दा नेपालमा सबैभन्दा सस्तो छ । ४५ सयमा बेच्नु पर्ने सेटटप बक्स अहिले हामी घाटा खाएर बेचि रहेका छौं । त्यहीभएर मनोपोली भन्ने कतै देखिदैन । अहिले हामी धरैसँग प्रतिस्पर्धा गरिरहेका छौं । हाल डिस होमको १४ अंचलमा कम्पनीको सभिर्स सेन्टर छ । अनलाइन फण्ड ट्रान्सफर र रिचार्ज कार्डको सुविधा भएकाले यसलाई राम्रो मान्न सकिन्छ । हामीले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी २४सै टोल फ्रि सर्भिसपनि सुरु गरेका छौँ । टोल फ्री सर्भिस एनटीसी र एनसेल दुवैकाग्राहकहरुले प्रयोग गर्न सक्छन् । हाम्रो उद्धेश्य भनेको ग्राहकलाई कसरी सन्तुष्ट बनाउने भन्ने हो । बजारमा सबैको रोजाइमा डिस होम परेको छ ।

तपाईहरुका चुनौती चाहिँ के हुन् ?

मुख्य चुनौती भनेको क्लिन फिड लागु भयोे भने मासिक मूल्य बढ्न जान्छ । ग्राहकको क्रय शक्ति कम छ । त्यसले गर्दा अहिले हेरे जस्तो निरन्तर हेर्न सक्दैनन् । अहिले विज्ञापनसहित भएर उनीहरु सस्तोमा हेर्न पाइरहेका छन्  । अर्को, हाम्रा आफ्नै च्यानल यो वर्ष ४/५ वटा थप्दैछौं । त्यसलाई आम ग्राहकसमक्ष विस्तार गर्नु छ । हामीले १२/१३ वटा विशेष च्यानलमार्फत काम गर्दैछौँ । हलमा आएका फिल्म केही हप्तामा हेर्न सक्ने डिस होम सिनेमा घर च्यानल १०८ नम्बर र ८८८ मा आउने गरी बनाएका छौँ ।

यसलाई सबै माझ विस्तार गर्न आवश्यक रहेको छ ।  केही वर्ष अघि डिस होमको फुलप्याकेज हेर्न मासिक नौ सय रुपैयाँ तिर्नु पर्थाे । अहिले  ३ सय ५० देखि ७ सय सम्म  मासिक शुल्क झारेका छौं । पहिले ७० वटा च्यानललाई चार सय रुपैयाँमा दिएको थियाैं भने अहिले त्यही पैसामा १ सय ३५ वटा च्यानल दिएको छ । हाम्रो चुनौती नै देशभर कसरी डिस हाेमको सेवालाई दिगो बनाउने भन्ने हो ।  सुरुवाती समयमा ट्रेनिङ दिने कुरा,गाउँगाउँमा सेवाविस्तार गर्न समय लागेको थियो । अहिले हिमाली पहाडी क्षेत्रतिर सबैको रोजाई डिसहोम हो ।

डिस होमले इन्टरनेट सेवा पनि ल्याउँदै छ भन्ने सुनिएको छ, त्यो प्रक्रिया कहाँ सम्म पुग्यो ?

हामी काठमाडाैं र अन्य मुख्य शहरमा फाइबर नेट शुरु गर्दैछौं । हामीले विदेशी लगानीलाई समेत सहकार्य गरेर इन्टरनेट ल्याउँदैछौँ । व्यापारसँगै आमनागरिकहरुलाई सेवादिन सक्यो भने हामीदिगो बन्छौं । यसमा नागरिकहरुको पनि भूमिका र साथ अवश्य नै चाहिन्छ । हाम्रो मुख्य लक्ष्य भनेको डिस होम जस्तै विश्वासिलो इन्टरनेट सेवा विस्तार गर्नु हो । दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा उपलब्ध गराउनका लागि हामी आन्तरिक गृहकार्यमा लागि रहेका छौं । हामीले अहिले बजारको अध्ययन गरिरहेका छौं । काठमाडौंमा एक दुई महिनाभित्र शुरु गर्छौं ।

आइपिओ निश्कासन गर्ने प्रक्रिया कहाँ सम्म पुग्यो ?

हामी पब्लिकमा जानुको मुख्य उदेश्य नै आइपिओ ल्याउनु हो ।सोही अनुसार हामीले कामगर्दै आएका छाैं ।सायद अर्को वर्षसम्म त्यो हुन सक्छ । त्यो कुरा बोर्डले फाइनलगर्ने हो ।

आगामी योजना तथा रणनीति के छन ?

हामी छिट्टै नै ओटीटी र एक्स भिओडी सेवा लन्च गर्दैछौं ।  ओटीटीमार्फत डिसहोमका ग्राहकले जुनसुकै बेला पनि मोबाइलबाटै डिसहोमका कार्यक्रमहरु हेर्न सक्छन् । हामीले त्यो अहिले शुरु गरेका छौं । जसबाट ग्राहकले धेरै सुविधा तथा सेवा पाउँछन् । फ्लिम कन्टेन्टहरु टिभिमा हेर्न सक्ने फिचर पनि हामी गर्दैछौं । डिस होमसँग धेरै च्यानलहरु जोडिएको हुनाले २४सै घण्टा सुचनामुलक, मनोरञ्जनात्मकलगायतका कन्टेन्टहरु प्रस्तुत गर्छौं । अझै पनि ग्राहकको माग र सुविधालाई मध्येनजर गर्दै अगाडि बढ्छौं । ग्राहकले सुपथमूल्यमा राम्रो पिक्चर क्वालिटीको हेर्नको लागि डिस होम सबैभन्दा राम्रो विकल्प हो ।

हामी सेटटप बक्समा लामो समयसम्मको वारेण्टी दिन्छौं । जो ५ सयमै पुनः मर्मत गर्न सकिन्छ । हरेक दिन केबलबाट डिस होममा आउने संख्या बढ्दो छ । २४ सै घण्टा सुपथ मुल्यमा राम्रो पिक्चर क्वालिटि हेर्न ग्राहकले डिस होस हेर्न सक्छन् ।  यस्तै, हलमा गएर फिल्म हेर्नु भन्दा १ सयदेखि ३ सय २५ को हाराहारी खर्चेर घरमै फिल्म हेर्न सकिन्छ । हामीले ग्राहकलाई कन्टेन्ट, भ्यालु एडेडलगायतको कुरामा डिसहोम प्रयोग गर्दा उपयुक्त हुने सल्लाह दिन्छौँं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.