प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, प्लस २ पास गरेकाले पनि आवेदन दिन पाउने

  २०७६ पुष १७ गते १५:२१     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो ।

इच्छुकले उक्त पदको लागि आवेदन दिन सक्नेछन् । उक्त सबै पदका लागि न्यूनतम स्नातक गरेको हुनुपर्ने छ । साथै, बीमा व्यवसायमा लामो समय आवद्द भई अनुभव हासिल गरेकाहरुको हकमा प्लस २ उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने इन्स्योरेन्सले जनाएको छ ।

सो मध्ये शाखा प्रबन्धक र उपशाखा प्रमुख पदको लागि जीवन बीमा व्यवसायलाई प्रवद्र्धन गर्न सक्ने सीप तथा क्षमता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ । त्यस्तै, अप्रेशन सपोर्ट कर्मचारी पदको लागि शाखा संचालन सम्बन्धी सीप भएको व्यक्ति तथा अनुभवीलाई विशेष प्राथमिकता दिने इन्स्योरेन्सले जानकारी दिएको छ ।

योग्यता पुगेका तथा बीमा क्षेत्रमा काम गर्न इच्छुक व्यक्तिले आगामी पुस २७ गते साँझ ५ बजेसम्म आवेदन दिनसक्नु पर्ने छ । आवेदक मध्ये राम्रो संचार, प्रस्तुति तथा कम्प्युटरमा दक्ष भएका तथा स्थानीयले बढी प्राथमिकता पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.