अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनाअन्तर्गत काठमाडाैंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैयाँ

  २०७६ पुष १६ गते १५:११     विकासन्युज

काठमाडाैं  । देशकै उत्कृष्ट मध्येको एक अर्घाखाँची सिमेन्ट प्रा. लिले आफ्नो उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडाैंका मनोज कुमार सिलवालले एक लाख रुपैँया बराबरको नगद पुरष्कार जितेकाछन् ।

कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई बुधबार एक कार्यक्रमबीच उपहार रकमको चेक हस्तान्तरण गरेका छन् ।  सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट खरिद गरेका थिए ।

“इन्जिनीयर तथा अन्य साथीहरुको सल्लाहमा अर्घाखाँची सिमेन्ट नै सबैभन्दा गुणस्तरीय हो भन्नेमा ढुक्क भइ आफ्नो घरमा सोही सिमेन्ट प्रयोग गर्ने निधो गरेको थिए,” चेक पाएर हर्षित ४९ बर्षिय सिलवालले भने, “यस नगद पुरष्कार पाएपश्चात मेरो यस ब्राण्डप्रतिको विश्वास र सद्भावमा अझै बृद्धि भएको छ ।”

यसरी एक लाख बराबरको नगर पुरष्कार पाउने सिलवाल दोश्रो उपभोक्ता हुन् । पहिला तीन साताअघि बुटवलकी बिन्दु खनालले पनि सोहि रकम बराबरको नगद पुरष्कार जित्न सफल भएकी थिइन् ।

स्थापनाको पाँचाैं वर्षगाँठको उपलक्ष्यमा अर्घाखाँची सिमेन्ट प्रा. लिले मंसिर ८ गतेदेखि दुई महिनाका लागि धन वर्षा योजना संचालनमा ल्याएको थियो । यस योजनाअन्तर्गत हालसम्म सयाैं उपभोक्ताहरुले रु १००, रु ५००, रु १०००, रु १०,०००, रु २५०००, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार हासिल गरिसकेकाछन् ।

यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.