सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी

  २०७६ पुष १६ गते ११:२३     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा बीमा जागरण तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पुस १३ गते सल्यानमा एक कार्यक्रमका बीच बीमा जागरण अभियान तथा मृत्युदाबी भुक्तानी कार्यक्रम सम्पन्न गरेको हो ।

बीमित स्व. केवल प्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बिमा शुल्क ४८ हजार ७ सय ६४ रुपैयाँ भुक्तानी गरी ५ लाख बीमाङ्कको जीवन बीमा गरेका थिए । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले स्व. बीमितको श्रीमती तीला वस्नेतलाई  ५ लाख १७ हजार ५ सयको चेक हस्तान्तरण गरेका छन् ।

गोरख बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कम्पनीका महाप्रबन्धक कमलराज गौतम थिए भने कार्यक्रम सञ्चालन दाङ शाखा प्रबन्धक मोतिलाल भट्टराईले गरेका हुन् । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्ववारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.