इलेक्ट्रिक स्कूटरको प्रतिष्पर्धामा महिन्द्रा पनि आउने

  २०७६ पुष १५ गते १९:२५     विकासन्युज

काठमाडाैं । महिन्द्रा टू-व्हिलर्सले चाँडै नै इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । हालसालै मात्र महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले टू-व्हिलरतर्फ हात हाल्नु ठूलो भूल भएको बताएका थिए । तर यसका बावजुद पनि कम्पनीले आजको प्रतिष्पर्धी बजारमा इलेक्ट्रिक स्कुटर ल्याउन लागेको हो ।

महिन्द्राले उत्पादन सुरु गर्न लागेको सो स्कुटर उक्त ब्राण्डकै चर्चित स्कुटर ‘गस्टो’ मा आधारित हुनेछ । मूल्यका वारेमा अहिले केहि नबताइएको भएतापनि कम्पनीले सो स्कुटर अबको ६ महिना भित्रमा बजारमा ल्याइसक्ने खुलासा गरेको छ ।

भारतीय मिडियाहरुले चाहिँ लञ्च पश्चात् सो स्कुटरको मूल्य भारतीय बजारमा ८० हजार रुपैयाँ तोकिन सक्ने अनुमान गरेका छन् ।

महिन्द्राले आफ्नो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको मोटर समावेश गर्नेछ भने सो स्कुटरले ५५ देखि ६० केएमपीएचको टपस्पीड प्रदान गर्नेछ । सो स्कुटरले फुल चार्जमा ८० किलोमिटरको रेञ्ज प्रदान गर्नेछ भनी आँकलन पनि गरिएको छ । त्यसैगरी कम्पनीले उक्त मोडेलमा एलईडी लाइटिङ्ग सिस्टम, फुल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, राइडर मोड्स र ब्लुटुथ कनेक्टिभिटी लगायतका विशेषताहरु पनि समावेश गर्नेछ भन्ने अनुमान विभिन्न भारतीय मिडियाहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.