एनसेलको नयाँ वर्ष अफर, डेटा प्याकमा ५० प्रतिशत छुट

  २०७६ पुष १५ गते १७:१९     विकासन्युज

काठमाडौं । एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश दिने भएकाे छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथापोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६ जिबी मासिक डेटा प्याकको मजा लिन सक्नेछन् ।

यो अफर यहि बुधबार (पुष १६) गते देखि लागू भई २४ घण्टाको लागि मान्य रहने छ । एनसेलकाग्राहकले बुधबार बिहान १२.०० बजे देखि मध्यरात ११.५९ सम्ममा ५० प्रतिशत छुटमा यीदुई वटा मासिक डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकले कर सहित रु १,०२०.२४ पर्ने १६ जिबी प्याक कर सहित मात्र रु ५१०.१२ मा सुचारु गर्न सक्नेछन् । त्यस्तै यहियोजनाअन्तर्गत ग्राहकले कर सहित रु ४५३.३० पर्नेमासिक ६ जिबी (३ जिबी+३ जिबीफोरजी डेटा) डेटा प्याक कर सहितमात्र रु २२६.६५ मा सुचारु गर्न सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स५०ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.