मलेसियामा मासिक १२ सय रिंगेटभन्दा कम तलबमा नेपाली कामदार लैजान रोक

  २०७६ पुष १५ गते १३:१५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया जाने नेपाली श्रमिकलाई न्यूनतम १२ सय रिंगेटभन्दा कम तलबमा लैजान नपाइने भएको छ ।

आगामी जनवरी २ तारिखदेखि मलेसियाका जुनसुकै कम्पनीहरुले नेपाली कामदार लैजान नपाउने मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले एक सूचना जारी गरेको हो ।

राजदूतावासमा प्रमाणका लागि पेश गरिने श्रम सम्बन्धि मागपत्रमा अनिवार्य रुपमा न्यूनतम/आधारभूत तलब प्रष्ट रुपमा राखेर पेश गर्न सबै रोजगारदातालाई निर्देशन दिएको हो ।

केहि समय अगाडी मलेसियाको मानव संशोधन मन्त्रालयले जनवरी १ तारिखदेखि लागू हुने गरी स्वदेशी तथा विदेशी कामदारको न्यूनतम मासिक तलब १२ सय मलेसियन रिंगेट बनाउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.