६ चर्चित कार, जसको मूल्य नेपाली बजारमा ३० लाख भन्दा कम छ

  २०७६ पुष १४ गते २०:०९     विकासन्युज

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन मान्ने गरिएको भएता पनि अहिलेको व्यस्त जीवनमा यो एउटा आवश्यकता बन्न पुगिसकेको छ ।

वास्तवमा भन्ने हो भने हाम्रो देशमा एउटा कार किन्नका लागि ठुलै रकम खर्चिनु पर्ने भएकोले पनि यस्तो चाहना पुरा गर्न धेरैलाई हम्मेहम्मे नै पर्दछ । तर यो कुरा पनि सत्य हो कि यहाँ राम्रा विशेषता भएका कम मूल्य पर्ने कारहरु पनि उपलब्ध छन्, जसको वारेमा धेरैलाई जानकारी नहुन पनि सक्छ । आज हामी नेपाली बजारमा हाल उपलब्ध भइरहेका ३० लाख रुपैयाँ मूनिका चर्चित कारहरुका वारेमा चर्चा गर्न गइरहेका छौं जसले तपाईंको निजी कार चढ्ने सपनालाई साकार पार्नमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

मारुती सुजुकी अल्टो

अल्टोमा ७९६ सीसीको इञ्जिन समावेस गरिएको छ जसले ४७ बीएचपीको पावर र ६९ एनएमको टर्क उत्पादन गर्दछ । ३५ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको अल्टोले २४.७० केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । फिचरहरुका रुपमा यस कारमा एयरब्याग्स, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोबिलाइजर, रियर पार्किङ्ग सेन्सर लगायत समावेश छन् । मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प प्रा.लि.ले अल्टोको सुरुवाती मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

हुण्डाई स्यान्ट्रो

१०८६ सीसीको इञ्जिन दिइएको स्यान्ट्रोले ६९ बीएचपीको पावर र ९९ एनएमको टर्क उत्पादन गर्दछ भने २०.३० केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको छ । स्यान्ट्रोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । हुण्डाईले एबीएस, ईबीडी, इञ्जिन इमोबिलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक जस्ता विशेषताहरु यस कारमा समावेश गरेको छ । हुण्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले स्यान्ट्रोको सुरुवाती मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

रेनो क्विड

रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स्ड अटोमोवाइल्स प्रा.लि.ले क्विडलाई सुरुवाती मूल्य २३ लाख ९० हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ७९९ सीसीको रहेको छ भने यसले ५३ बीएचपीको पावर र ७२ एनएमको टर्क उत्पादन गर्दछ । क्विडले २५.१७ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ २८ लिटरको रहेको छ । त्यसैगरी १८४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । क्विडमा विशेषताहरुको रुपमा रिमोट किलेश इन्ट्री, डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, एबीएस, ईबीडी, एयरब्याग्स, चाइल्ड सेफ्टी लक, स्पीड अलर्ट लगायत रहेका छन् ।

फोर्ड फिगो

फिगोमा ११९६ सीसी इञ्जिन समावेश गरिएको छ जसले ८७ बीएचपीको पावर र ११२ एनएमको टर्क उत्पादन गर्दछ । १८.१६ केएमपीएलको माइलेज प्रदान गर्ने यस कारमा ४२ लिटरको फ्युल ट्याङ्क रहेको छ । त्यसैगरी अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको यस कारमा १७४ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ । फिचरहरुका रुपमा यस कारमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, ड्राइभर र पेसेन्जर एयरब्याग्स, एबीएस, ईबीडी, चाइल्ड सेफ्टी लक, पावर डोर लक, एयर कण्डिस्नर, हिटर लगायत समावेश छन् । फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता गो अटोमोवाइल्स प्रा.लि.ले फिगोको सुरुवाती मूल्य २५ लाख ५० हजार रुपैयाँ तोकेको छ ।

टाटा टियागो

११९९ सीसी इञ्जिन दिइएको टियागोले ८४ बीएचपीको पावर र ११४ एनएमको टर्क उत्पादन गर्दछ भने २३.८४ केएमपीएलको माइलेज पनि प्रदान गर्दछ । यस कारको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटरको रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ३५ लिटरको रहेको छ । टियागोको अगाडिका दुई चक्कामा डिस्क ब्रेक जडान गरिएका छन् भने पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएका छन् । टाटाले यस कारमा हाइट एडजस्टेवल ड्राइभर सिट, एयरब्याग्स्, टर्न–बाई–टर्न नेभिगेशन एप, कुल्ड ग्लोभ बक्स, मल्टि–ड्राइभ मोड, रियर पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी, स्मोक्ड लेन्स लगायतका विशेषताहरु समावेश गरेको छ । टाटाको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले टियागोको सुरुवाती मूल्य २८ लाख ५५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ ।

भक्सवागन पोलो

भक्सवागनको नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले पोलोलाई सुरुवाती मूल्य २९ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यस कारको इञ्जिन क्षमता ९९९ सीसीको रहेको छ भने यसले ७५ बीएचपीको पावर र ९५ एनएमको टर्क उत्पादन गर्दछ । पोलोले १८.७८ केएमपीएलको माइलेज प्रदान गर्दछ भने यसको फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४५ लिटरको रहेको छ । त्यसैगरी, १६५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको यस कारको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा ड्रम ब्रेक जडान गरिएको छ । पोलोमा विशेषताहरुको रुपमा चाइल्ड सेफ्टी लक, किलेश इन्ट्री, एयरब्याग्स, एबीएस, ईबीडी, यूएसबी सपोर्ट, ब्लुटुथ सपोर्ट, एयर कण्डिस्नर, हिटर, स्टेयरिङ्ग एडजस्टमेन्ट लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.