गरिमा विकास बैंकको सिमरा शाखा उद्घाटन, ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने

  २०७६ पुष १४ गते १९:०१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको ओद्योगिकरण गरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको ओद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताएका छन् ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताएका छन् ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष १३ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३३ अर्ब कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.