सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशबाट शुरु गर्यो घुम्ती बीमा सेवा

  २०७६ पुष १४ गते १७:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गण्डकी प्रदेशको रुपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवाको शुरु गरेको छ । इन्स्योरेन्सले सोमबार एक कार्यक्रमकाबीच उक्त स्थानबाट सो सेवाको शुरु गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाको माध्यमबाट सहज रुपमा बीमा सेवा प्राप्त हुने बताएका छन् । साथै, उनले स्थानिय निकायसँगको सहकार्यमा घुम्ती बीमा अझ प्रभावकारी हुने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्धेश्य, महत्व र यसबाट हुने फाईदाहरुको सम्बन्धमा प्रकास पार्दै घुम्ती सेवा मार्फत घर दैलोबाटै बीमा सेवा लिन आग्रह गरेका छन् । समारोह स्थलबाटै केहि बीमालेख समेत जारी गरीएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.