नेपाल ब्राइडल मेकअप कम्पिटिसनमा विजेता बन्न सफल मनिषा

  २०७६ पुष १४ गते १४:०२     विकासन्युज

काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् ।

उनले आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता–२०७६ को उपाधि जित्न सफल भइन् ।

मनिषाले उत्कृष्ट भएपबात १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जितिन् भने रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकी छन् ।

त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जिते । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा वरिष्ठ सौन्दर्यविद रश्मिला श्रेष्ठ, लक्ष्मी महत र शर्मिला मुनिकार रहेका थिए ।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एक दिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकी संचालिका सौन्दर्यविद ज्ञानी महर्जनले बताइन् । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने उनी बताउँछिन् ।

बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्यविद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.