सुविसु अफरच्यूनिटी योजना: मात्र १ हजार ४० मा प्रति महिना २५ एम्बिपिएस इन्टरनेट

  २०७६ पुष १३ गते १८:५२     विकासन्युज

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो १९ औ बार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ सुविसु अफरच्यूनिटी योजना घोषण गरेको छ ।

यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले मात्र रु १०४० प्रति महिनामा २५ एम्बिपिएस इन्टरनेट र फूल एच डि प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५ भन्दा बढि एच डि च्यानल) प्राप्त गर्न सक्नेछन् । यो अफर ग्राहकले १५ महिनाको भुक्तानिमा प्राप्त हुनेछ ।

त्यसैगरी क्लिर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एच डि च्यानल) मात्र रु २२१ मा प्राप्त गर्न सक्नेछन् । यो अफर १४ महिनाको भुक्तानिमा प्राप्त हुनेछ।

यसका साथै ग्राहकहरुले  २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश भएकाे दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्नेछन् ।

अफर सिमित अवधिका लागी मात्र लागु हुनेछ भने सर्त तथा नियमहरु लागु हुने सुबिसुले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.