अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न, साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित

  २०७६ पुष १३ गते १८:३४     विकासन्युज

काठमाडौं । अजोड ईन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हालसम्म ४८ हजार ७१ बीमालेख जारी गरी ३५ करोड ९२ लाख वीमा शुल्क आर्जन गर्नुका साथै हालसम्म ८ सय ६६ वटा दाबी वापत १० करोड १२ लाख रुपैयाँ भुक्तानी गर्न अजोड ईन्स्योरेन्स सफल भएको जनाएकाे छ ।

हालसम्म कम्पनीको संस्थापक सदस्यहरुबाट कायम रहेको चुक्ता पूजी ७० करोड छ भने लगानी तर्फ ९५ करोड ९७ लाख पुगेको छ ।
साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयले वासलात, नाफानोक्सान हिसाव, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल पारित गरेको हो ।

संचालनक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित भएसँगै प्रवन्धपत्र तथा नियमावलीको दफा तथा नियम संशोधन गर्ने व्यवस्था लागु हुने भएको छ ।

पछिल्लो समय डिजिटल ईन्स्योरेन्सका लागि च्याटबोर्डको परीक्षणको रुपमा आरम्भ गरिएको छ । बीमाका शुल्क भुक्तानी गर्नका लागि कम्पनीले आइएमई पे, खाल्ती, सेल पे जस्तो सेवाहरुको कार्य आरम्भ गर्न सम्झौता भएको छ ।

कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरी २ लाख रुपैयाँसम्म दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.