दक्ष कामदारका लागि अब एपबाटै जागिर, विदेशिने दिनकाे अन्त्य

  २०७६ पुष १३ गते १५:२३     विकासन्युज

काठमाण्डौँ । ‘अरबान्स नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाण्डौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो ।
विशेषगरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरिएको हो । अरबान्स नेपाल एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ ।

आफूले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ ।

कार्यक्रममा अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने दैनिक १ हजार २ सय भन्दा बढी युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ ।

जसमध्ये ७० भन्दा बढी नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्कन्छन् ।
जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ । उनले भने  किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ?

अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् , खानले भने ।

उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौं, कसैको भरमा नबसौं ।उक्त कार्यक्रमको पूर्व सन्ध्यामा अरबान्स नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल विषयक प्यानल डिसकसन पनि गरेको थियो ।

उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् ।

साथै, अरबान्स नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूबमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.