ग्याँस उद्योगले ९० दिनभित्र पीडीओ नलिए लाइसेन्स खारेज, निगमलाई नै थाहा छैन उद्योगको संख्या

  २०७६ पुष १३ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ ।

ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति नै रद्द गर्ने भएको हो । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगहरुको अनुमति नै रद्द गर्ने चेतावनी दिएको छ।

दर्ता भएका ग्यास उद्योगले नेपाल आयल निगमबाट पीडीओ लिएर उद्योग सञ्चालन गर्नुपर्छ । २०७१ माघ १४ पछि एलपी ग्यासका नयाँ र शाखा उद्योग खोल्न निगमबाट अनुमति लिए पनि पीडीओ लिएका छैनन् ।

नेपाल आयल निगमलाई नै नयाँ र शाख उद्योग कति छन भन्ने थाहा छैन । उद्योग विभागबाट पनि नयाँ र शाख उद्योग दर्ता गर्न सकिन्छ । त्यसैकारण पनि नयाँ तथा शाखा उद्योग कति छ भनेर निगमलाई थाहा नभएको निगमका एक कर्मचारी बताउँछन् ।

 

निगमका प्रवक्ता वीरेन्द्र गोइतले लाइसेन्स मात्रै लिएर बसेका उद्योगले पीडीओ लिन आनाकानी गरेपछि त्यस्ता उद्योगको लाइसेन्स खारेज गर्न सूचना निकालिएको बताए । दर्तापछि पीडीओ नलिएका उद्योगलाई पीडीओ लिनका लागि ९० दिनको समय दिइएको गाेइतले बताए । सो समयमा उद्योगहरूले पीडीओ नलिए अनुमति खारेज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.