टाटाले ल्याउँदै गरेको इलेक्ट्रिक ‘नेक्शन’ एसयुभिमा यस्ता हुनेछन् विशेषता, जिपट्रोन ईभी टेक्नोलोजी समावेश गरिने

  २०७६ पुष १३ गते १०:३४     विकासन्युज

काठमाडाैं । भारतीय कार उत्पादक कम्पनी टाटाले भरखरै मात्र नेक्शन एसयुभिको इलेक्ट्रिक भर्जनलाई शोकेस गरेको छ । बहुप्रतिक्षित ‘नेक्शन ईभी’ लाई कम्पनीले सन् २०२० को सुरु तिर लञ्च गर्ने तयारी गरेको छ । यस फुल–इलेक्ट्रिक एसयूभीको एक्सटेरिअर डिजाइन स्ट्याण्डर्ड नेक्शनको तुलनामा केहि परिमार्जन गरिएको छ जसले गर्दा यसले एउटा इलेक्ट्रिक कारको झल्को दिन्छ ।

नेक्शन ईभीमा टाटाको नयाँ जिपट्रोन ईभी टेक्नोलोजी समावेश हुनेछ । यस टेक्नोलोजीमा ब्याट्रीको राम्रो माइलेज, लामो आयु, छिटो चार्ज हुने क्षमता, धुलो र पानी प्रतिरोधात्मक क्षमता, लिक्विड कुलिङ्गका साथै गाडी चलाउँदै ब्याट्री चार्ज हुने रिजेनेरेटिभ ब्रेकिङ्ग प्रविधि लगायत पर्दछन् ।

नेक्शन ईभीमा ३०.२ किलोवाटको लिथियम–आयन ब्याट्री जडान गरिनेछ भने कारको इलेक्ट्रिक मोटरले १२९ एचपीको पावर र २४५ एनएमको टर्क उत्पादन गर्दछ । टाटाले यस कारको सटिक रेञ्जको बारेमा केहि नखुलाएतापनि यो कार फुल चार्जमा औसतमा ३०० किलोमिटर भन्दा बढि गुड्न सक्छ भनेर दाबी गरेको छ ।

टाटाले जनाए अनुसार नेक्शन ईभी ‘एक्सएम’, ‘एक्सजेड प्लस’ र ‘एक्सजेड प्लस एलयुएक्स’ गरी तीन अलग भेरियन्टहरुमा उपलब्ध हुनेछ । भारतीय मिडियाहरुले गरेका अनुमान अनुसार १५ लाख रुपैयाँ देखि लिएर १७ लाख रुपैयाँ मूल्य सम्म पर्न सक्ने उपरोक्त भेरियन्टहरुमा निम्नानुसारका विशेषताहरु समावेश हुन सक्नेछन्ः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.